नगेन्द्र राई
किरात समुदायको मुख्य चार्ड साकेला -उभौली बुद्धपुर्णिमाको दिनबाट झापामा पनि धुमधाम सुरुभएकोछ ।
चार्डको पहिलो दिन झापाको लखनपुर सुरुङ्गा बिर्तामोड-अनारमनी शिवगाज महारानीझोडा र जलथलमा लगायतको ठाउँहरुमा रहेको साकेला भुमिदेव स्थलहरुमा स्थानिय किराती पुजारी नछुङ÷नक्छुङले बिधिवत पुजा गरेर औपचारीक रुपमा साकेला चार्ड सुरु भएको हो ।

बिशेष गरेर किराती समुदायका माहनुभावहरु आफ्नो पायक पर्ने साकेला देवस्थलहरुमा जमघट भई मनाईने यो चार्डमा अन्य समुदायका मानिसहरुको समेत उल्लेख्य सहभागिता रहेको साकेला पुजा आयोजक समिति किरात राई यायोक्खा लखनपुर समितिका अध्यक्ष मौलबहादुर राईले बताउनु भयो ।
बृहत किरात राज्यको माग
उता किरात राई यायोक्खा बिर्तामोड-अनारमनी समितिले बिर्तामोड स्थित साकेला देवस्थलमा सम्पन्न भएको कार्यक्रमलाई मन्तव्य दिनुहुँदै यायोक्खा झापाका जिल्ला अध्यक्ष सन्त कुमार बान्तवाले यस पटक पनि साकेला चार्डलाई यायोक्खाले किरात राज्य प्राप्तीको आन्दोलनको रुपमा मनाउने निर्णय गरेको कुरा बताउनुभयो । किरातीहरुको सवै किसीमको अधिकार सुनिश्चीतताका लागि किरात राज्य नै बिकल्प रहेको बताउनुहुँदै त्यसको लागि सबैको अग्रसरता आवस्यक रहेको बताउनुभयो । बुद्धपुणिमादेखि १५ सम्मदिन सम्म मनाईने यो चार्ड झापामा रहेका करिब ३० साकेला देवस्थलहरुमा क्रमशः पुजा गरेर सम्पन्न हुने मुख्य आयोजक यायोक्खा झापा समितिले जनाएको छ । साकेलाको अन्तिम दिन जेष्ठ २९ गते सीतापुरी स्थित साकेला देवस्थलमा चार्ड मनाइने छ । जसमा भारतको सिक्किम दार्जेलिङ र बाग्डोग्रा लगायत झापा र मोरङका समेत साकेला सीलि नृत्य टोलीहरु सहित हजारौं संख्यामा मानिसहरुले सहभागिता जनाउने आयोजकले बताएको छ ।
साकेला देवस्थलमा नछुङ÷नक्छुङ द्वारा सुरुमा बिधिवत पुजागरी थालनी हुने यो चार्डमा पायकपर्ने स्थानमा समुहगत भेला भएका किरातीहरु एकआपसमा साकेला सीली नाचेर रमाईलो समेत गर्छन । देवस्थलको अलावा किराती टोलहरुमा रहेको मुल व्याक्तिको घरमा साकेला सीली नृत्य प्रस्तुत गरेर पनि मनाउने परम्परा रहेको छ । आदिमकालदेखिनै परम्परा रहेको यस चार्डको मुख्य आसय भने मानव सहितका ब्रम्हाण्डको सृष्टिलाई चीर पर्यन्त जोगाईराख्न भुमिदेव तथा प्रकृति देवको पुजा गर्नु हो ।

यसै बिच
समाजसेवी बिष्णुबहादुर राईले शाकेला देवस्थल स्थापना गर्नका लागि झापाको बिर्तामोड बजारमा अनुमानित २५ लाख रुपयाँ मुल्य बरावरको दश धुर जग्गा प्रदान गरेका छन् ।
अनारमनीको बिर्तामोडमा बिहीवार आयोजित शाकेला पुजा समारोहमा उनले यायोक्खा झापाका अध्यक्ष सन्तकुमार वान्तवालाई उनले जग्गा धनी प्रमाणपत्र प्रदान गरेका हुन । यायोक्खाको नाममा रहेको यस जग्गालाई यायोक्खा अनारमनीको संरक्षणमा रहने अनारमनी प्रारम्भिक समितिका अध्यक्ष पृथ्वीबिक्रम राईले वताउनुभयो ।
No comments:
Post a Comment
प्रतिक्रिया दिन चाहने पाठकहरुलाई जरुरी सूचना...
- यहांहरुले प्रतिक्रिया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला।
- असभ्य र आपत्तिजनक शव्दहरु प्रयोग गरिएको प्रतिक्रियालाई स्थान दिइने छैन।