Sunday, May 2, 2010

आन्दोलनलाई कैदिबन्दीको सहयोग

इटहरी,  वैशाख १९। एकीकृत नेकपा माओवादीले आब्हान गरेको अनिश्चितकालिन आमहड्तालसहितको आन्दोलनलाई सफल पार्न कैदी बन्दीहरुले पनि अर्थिक सहयोग गर्ने भएका छन् । सुनसरीको ´ुम्का स्थित पुर्वााचल क्षेत्रीय कारागारमा विभिन्न अभियोगमा कैद सजाय भोग्दै आएका कैदीबन्दीहरुले आन्दोलनको लागि आर्थिक सहयोग गर्ने भएका हुन् ।
शान्ति र संविधानको लागि सुरु भएको आन्दोलनमा आफूहरुको पनि साथ रहेको भन्दै कैदिबन्दीहरुले १५ हजार रुपैयाँ संकलन गरी आन्दोलनमा सहयोग गर्ने भएका हुन् । आपुूहरुले पाएको सरकारी सिदाबाट बचत गरी उक्त रकम सार्बजनिक कार्यक्रममार्फत् हस्तान्तरण गर्ने वातावरण मिलाईदिन कैदी कमल खतिवडाले सबै पक्षसँग आग्रह गर्नुभएको छ ।
आमहड्तालको क्रममा जनप्रर्दशन गर्ने कार्यकर्ता तथा समर्थकलाई खाजा पानीका लागि भन्दै कारागारभित्रै संकलन गरेको रकम कैदिबन्दीहरुले सहयोग गर्ने भएका हुन् । वर्तमान सरकार परिवर्तन नभएसम्म कुनै पनि नेपाली जनताको मुक्ति कैदिबन्दीहरुको ठहर छ ।

No comments:

Post a Comment

प्रतिक्रिया दिन चाहने पाठकहरुलाई जरुरी सूचना...
- यहांहरुले प्रतिक्रिया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला।
- असभ्य र आपत्तिजनक शव्दहरु प्रयोग गरिएको प्रतिक्रियालाई स्थान दिइने छैन।