सुनसरी २० वैशाख । विश्व प्रेस स्वतन्त्रता दिवशको अवसरमा आज सुनसरीको इटहरी र इनरुवामा छुटा छुटै कार्यक्रम गरीएको छ । इटहरीमा युथ रिपोर्टस्र क्लवले पनि विश्व प्रेस स्वतन्त्रता दिशवको अवसरमा इटहरीमा पाचेवाजा सहित प्रेस स्वतन्त्रता र पेशागत हितको ग्यारेण्टीको माँग राख्दै र् याली प्रदर्शन गरेको छ । इटहरी नगरपालिकाको प्रांगणवाट निक्लिएको प्रेस स्वतन्त्रता सम्वन्धि र् यालीले इटहरी नगरको परिक्रमा गरी नगरपालिका प्रांगणमा नै पुगेर कोणसभामा परिणत भएको थियो ।
यस्तै स्थानिय स्वतन्त्र पत्रकार विकास केन्द्र सुनसरीको अगुवाईमा सदरमुकाम इनरुवाको लोकतान्त्रिक चौकबाट प्रभात फेरी निकालीको हो । स्थानिय पत्रकारहरुको सहभागिता रहेको प्रभात फेरी पछिको सभामा पत्रकारहरुले नेपाली पत्रकारीता जोखिममा रहेकोले पत्रकार सुरक्षा योजना र संविधानमा पुर्ण प्रेस स्वतन्त्रताको ग्यारेन्टि माग गर्दै कार्यान्वनमा जोड दिएका थिए । सभामा पत्रकार राजन निरौला अवधेश झा केन्द्रका सचिब जयकृष्ण यादव लगायतले बोलेका थिए । यता
यसैविच सुनसरीको बबिया गाविसका बाल पत्रकारहरुले सोमबार अन्तरकृया गरेका छन् । बालपत्रकारहरुले विधालयलाई अस्पताल जस्तै सधैको लागी बन्द मुक्त बनाउनुपर्ने र पत्रकारलाई स्वतन्त्रपुर्वक समाचार संमप्रेसण गर्न दिनुपर्नेमा जोड दिएका थिए । कार्यक्रममा सौगात मासीक बाल भित्ते पत्रिकाका सम्पादक प्रमोद यादव बाल संचारका सम्पादक जयकुमार मेहता मम्ाता मेहता आन्नद शर्मा अर्जुन मेहता लगायतले बोलेका थिए । कार्यक्रम मिलेर गरोै बाल अधिकार संजाल बबियाको आयोजनामा सम्मपन भएको थियो ।
No comments:
Post a Comment
प्रतिक्रिया दिन चाहने पाठकहरुलाई जरुरी सूचना...
- यहांहरुले प्रतिक्रिया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला।
- असभ्य र आपत्तिजनक शव्दहरु प्रयोग गरिएको प्रतिक्रियालाई स्थान दिइने छैन।