Tuesday, May 4, 2010

आन्दोलन शान्तिपूर्ण बनाउन निर्देशन

विराटनगर २१ बैशाख  । तेस्रो दिनको आमहड्तालमा विराटनगरमा जनसागरको रुपमा विरोधमा उत्रेको भिडले वर्तमान कठपुतली सरकारका प्रधानमन्त्री माधवकुमार नेपालको पुत्ला बोकेर नगर परिक्रमा गरेको छ । प्रदर्शनकारीले मलामी गएको शैलीमा पुत्लालाई बजार परिक्रमा गराए थिए भने शव बोक्नेहरुले मलामी जस्तै टाउकोमा सेतो कपडा बाँधेर प्रदर्शनकारीले वर्तमान सरकारप्रति आक्रोश पोखेका थिए । हजारौं जनसागरले नगरपरिक्रमापछि विराटनगरको तीनपैनीमा सभा गरिएको थियो । सभालाई सम्बोधन गर्दै एकीकृत नेकपा माओवादी का केन्द्रीय सदस्य तथा कोचिला राज्य सह-इाचार्ज गंगा श्रेष्ठ ुप्रभातु ले नेपाली जनताले ठूलो संघर्ष गरेर प्राप्त भएको उपलब्धीको रक्षाको लागि संघर्षको आवश्यकता रहेको बताउनु भयो । जनमुक्ति सेना बिघठन गराएर जनतामाथि सामन्ती शासन लाद्नेहरुको सपना चकनाचुर पारिने भन्दै उहाँले अहिलेको आन्दोलनलाई सबै क्षेत्रले सघाउँदै गएको बताउनु भयो । 
धर्मशास्त्र रामायणको चर्चा गर्दै नेता श्रेष्ठले पटक-पटकका जनताको आन्दोलनले सामन्ती सत्ताको अन्त्य गर्न खोजे पनि रावण बनेर शासक ब्यूँझने गरेको उल्लेख गर्नुभयो । उहाँले अब अन्तिम पटक शासकको नाभीमा हान्न पनि आन्दोलन सुरु गरिएको बताउनु भयो । रामायणमा रावणलाई मार्न उनकै भाई बिभुषणले दिएको जुक्तिलाई कोट्याउँदै श्रेष्ठले प्रतिकि्रयावादी कठपुतलीको नाभी पत्ता लगाई सकेको र चाँडै प्रहार गरिने ठोकुवा गर्नुभयो । अहिलेको सरकारको नाभी दिल्ली दरबार रहेको बताउँदै उहाँले अब जनताले आवश्यक ठान्दै जाँदा दिल्लीको दरबारमानै प्रहार गरिने दावी गर्नुभयो । काँग्रेस-एमालेको जरा दिल्ली दरबारमा गाडिएको छ अब जनताले उखल्ने दिन आउँदैछ- उहाँको थप आक्रोश थियो ।
राष्ट्रिय स्वाधिनताका लागि नेपाली जनता अर्को नालापानी लड्न तयार रहेको बताउँदै श्रेष्ठले दिल्ली दरबारमा बुझाइएको नागरिक सर्वोच्चतालाई फकाइने बताउनु भयो । संसदवादलाई मान्नु पर्ने संसदवादी दलहरुको धारणा गलत रहेको भन्दै उहाँले नेपाली राजनीतिकको मुलप्रवाह एकिकृत नेकपा माओवादी को विचार रहेको बताउनु भयो । उहाँले अब माओवादी मुल प्रवाह आउने हैन उनीहरु माओवादीको विचारका पछि लाग्नु पर्ने बताउनु भएको थियो ।
सभामा उपस्थित कार्यकर्ताहरुलाई निर्देशन दिँदै नेता श्रेष्ठले आन्दोलनलाई पुर्ण रुपमा शान्तिपूर्ण बनाउन र दमन भए कडा प्रतिकारमा उत्रन निर्देशन दिनुभयो । उहाँले हड्ताल अबधीमा कसैले पसल खोलेमा तोडफोड नगर्न र यातायातका साधन चलाएमा पनि तोडफोड नगर्न निर्देशन दिनुभएको छ । तोडफोड नगर्नुस् आन्दोलनलाई सहयोग गर्न अनुरोध गर्नुस् कसैले मोटरसाईकल चलाए भनेपनि नफोड्नुस् बरु चाबी लिनुहोस्- उहाँको निर्देशन थियो ।
सभामा जनकलाकार जे।बी। टुहुरेलगायतले जनवादी गित प्रस्तुत गरेर प्रदर्शनलाई थप रोमान्चक बनाउनु भएको थियो । सभापछि प्रदर्शनकारीले बरगाछी चौकमा गलेर माधब नेपालको पुत्ला शवको दाहसंस्कार गरेका थिए ।

No comments:

Post a Comment

प्रतिक्रिया दिन चाहने पाठकहरुलाई जरुरी सूचना...
- यहांहरुले प्रतिक्रिया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला।
- असभ्य र आपत्तिजनक शव्दहरु प्रयोग गरिएको प्रतिक्रियालाई स्थान दिइने छैन।