नेपाल र नेपालीको चहाना र पहँुच अनुसारको शिक्षा प्रणाली बिकास हुन नसकेको भन्दै किराती समुदायले भोजपुरमा किराँत बिश्व बिश्वबिद्यालय स्थापना गर्ने भएका छन् । प्रस्तावित किराँत बिश्व बिद्यालय विकास कोषले आज राजधानीको जनसंचार अभियानमा पत्रकार सम्मेलन गरी यसबारे जानकारी गराएको हो ।
स्थानीय र क्षेत्रीय तहमा नै सरल सुलभ र बैज्ञानिक शिक्षा प्रदान गर्ने उद्देश्यले किराँत विश्व बिद्यालयको अबधारणा ल्याएको माओवादी सभासद् रामबहादुर थापाले बताउनुभयो । भोजपुरको पाँचधारेमा गत बैशाख ५ गते नै प्रस्तावित किराँत बिश्व बिद्यालयको भवन शिलान्यास भईसकेको छ ।
No comments:
Post a Comment
प्रतिक्रिया दिन चाहने पाठकहरुलाई जरुरी सूचना...
- यहांहरुले प्रतिक्रिया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला।
- असभ्य र आपत्तिजनक शव्दहरु प्रयोग गरिएको प्रतिक्रियालाई स्थान दिइने छैन।