इलाम १० जेठ । गोर्खाल्याण्ड आन्दोलनका नेता मदन तामाङ्गको सोमबार इलामको जोगमाईमा दाहसंस्कार गरिएको छ । चार दिन अघि दार्जिलिङ्गमा अज्ञात समुहले प्रहार गरेको गोलीबाट मृत्यु भएका तामाङको जन्मस्थान जोगमाई ३ मेघ्माको टङ्गलु डाँडामा दाहसंस्कार भएको हो । संस्कारमा हजारौं मानिसहरु सहभागी भएका थिए । तामाङको अन्त्यष्टिको क्रममा दार्जिलिङ्गबाट मात्र एक सय बढि गाडीमा समर्थक र आफन्तहरु आएका थिए ।
तामाङ्गको शवयात्रा दार्जीलिङ्ग सुक्या मानेभाज्याङ्ग लामिधुरा हँदै मॆघ्मा पुर् याईएको तामाङ्गका भाई प्रदिपले जानकारी दिनुभयो । शवयात्रामाग कालेम्पोङ्ग दार्जिलिङ्ग सुक्या मानेभाज्याङ्गको बासिन्दा सहभागी रहेका थिए । अखिल भारत गोर्खा लिगको अध्यक्ष रहेका तामाङ्गको गत शुक्रबार विहान अज्ञात समुहले हत्या गरेको थियो । गोर्खाल्याण्डको माग गर्दै आएका गोर्खा जनमुक्ति मोर्चा र गोर्खाल्याण्डकै माग गर्दै आएका गोर्खा लिगबीचमा बढेको तनाबबीच उनको हत्यामा मोर्चाको संलग्नता रहेको आरोप लागेको छ ।
हत्याको कारण शुक्रबारदेखि नै दार्जिलिङ्ग कालेम्पोङ्ग लगायत पश्चिम बंगालको बजार उद्योग कलकारखाना शिक्षण संस्था सबै बन्द रहेका छन् ।
Monday, May 24, 2010
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment
प्रतिक्रिया दिन चाहने पाठकहरुलाई जरुरी सूचना...
- यहांहरुले प्रतिक्रिया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला।
- असभ्य र आपत्तिजनक शव्दहरु प्रयोग गरिएको प्रतिक्रियालाई स्थान दिइने छैन।