दमक २४ जेठ । झापाको दमक नगरपालिकाले आदिवासी जनजातिको शीर्षकमा बजेट बिनियोजन नगरेको भन्दै स्थानीय आदिवासी समुदायले आन्दोलनको चेतावनी दिएका छन् । नगरपालिकाले बजेटमा आदिवासीहरुको अधिकार स्थापित नगरेमा कडा आन्दोलनमा उत्रने चेतवानी नेताहरुले दिएका छन् ।
आदिवासी जनजाति अगुवाहरुको टोलीले दमक नगरपालिकामा बजेटको माग गर्दै ज्ञापनपत्र बुझाएका छन् । नेपाल आदिवासी जनजाति महासंघ दमक नगर समितिले नगरपालिकाको कार्यको बिरोधमा गरेको पत्रकार सम्मेलनमा आदिवासी अगुवा नित्यनन्द ताजपुरीयाले आदिवासी जनजातिको उत्थानको लागि बजेट छुट्याउन माग गर्नुभयो ।
नगरपालिकाले आदिवासी जनजातिको शिर्षकमा बजेट बिनियोजन गर्न नमानेमा जेठ २८ गतेदेखि नगरपालिकाको सबै कामकाज ठप्प पार्ने चेतावनी ज्ञापनपत्रमा दिइएको छ । किरात राई यायोक्खा झापाका अध्यक्ष सन्तकुमार बान्तवाले गणतन्त्र आईसके पनि राज्यले आदिवासी जनजातिलाई हेर्ने दृष्टिकोणमा परिवर्तन नआएको गुनासो गर्नुभयो । दमक नगरपालिकाको परिषद भेलाले आदिवासीलाई बजेट छुट्याउन नसकिने निर्णय केहि दिन अघि गरेको थियो । नगरपालिकाका कार्यकारी अधिकृत पशुपति खतिवडाले नगरपालिका नै आदिवासीको क्षेत्र भएकोले सबै बजेट उनीहरुकै लागि विनियोजन गरिएको बताउनु भयो ।
आदिवासी जनजाति अगुवाहरुको टोलीले दमक नगरपालिकामा बजेटको माग गर्दै ज्ञापनपत्र बुझाएका छन् । नेपाल आदिवासी जनजाति महासंघ दमक नगर समितिले नगरपालिकाको कार्यको बिरोधमा गरेको पत्रकार सम्मेलनमा आदिवासी अगुवा नित्यनन्द ताजपुरीयाले आदिवासी जनजातिको उत्थानको लागि बजेट छुट्याउन माग गर्नुभयो ।
No comments:
Post a Comment
प्रतिक्रिया दिन चाहने पाठकहरुलाई जरुरी सूचना...
- यहांहरुले प्रतिक्रिया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला।
- असभ्य र आपत्तिजनक शव्दहरु प्रयोग गरिएको प्रतिक्रियालाई स्थान दिइने छैन।