Monday, June 7, 2010

दश खाद्य उद्योगमाथि कार्वाही

विराटनगर २४ जेठ  । बोरामा कम तौल प्याकिङ्ग गरी बिक्री गर्ने मोरङका १० वटा खाद्य उद्योगमाथि कालो बजारी गरेको आरोपमा कार्वाही हुने भएको छ । चामलको बोरामा उल्लेख गरिएभन्दा कम तौल राखेर बिक्री गर्ने उद्योगहरुलाई जिल्ला प्रशासन कार्यालय मोरङले कारवाही अघि बढाएको हो । नाप तौल तथा गुणस्तरको क्षेत्रीय कार्यालय विराटनगर र वाणिज्य कार्यालयको अनुगमन टोलीले गरेको छड्के जाँचका उल्लेख गरिएभन्दा बोरामा चामलको तौल कम पाइएपछि ती उद्योगमाथि कार्वाहीको प्रकृया थालिएको हो ।
अनुगमन टोलीले बोरामा २ सय देखि अढाई सय ग्राम कम चामल प्याकिङ गरेको पाईएको जनाएको छ । बोरामा २ सय ग्राम कम चामल राख्ने रंगेली स्थित कोशी चामल उद्योग हनुमान चामल उद्योग कुन्दाइ चामल उद्योग महेश्वरी लघु चामल उद्योगलाई अनुगमन समितिले कार्वाहीका लागि जिल्ला प्रशासनमा कार्यालयमा पठाएको हो ।
यस्तै विराटनगर ४ स्थित कृष्ण घरेलु चामल उद्योग विराटनगर ६ स्थित भवानी मसला एण्ड फुड उद्योग दुलारी ८ स्थित बलभद्र खाद्य उद्योग बेलबारी ३ को फुलबारी आयल ट्रेडस्र समेतलाई कारवाहीको प्रकृया अघि बढाइएको छ । नाप तौल तथा गुणस्तर कार्यालयले कारवाही गर्दा थोरै मात्र जरिवाना हुने भएकाले कालाबजारी ऐन अन्तर्गत ती उद्योगलाई कारवाही गर्न जिल्ला प्रशासनमा सिफारिस गरिएको बुझिएको छ ।

No comments:

Post a Comment

प्रतिक्रिया दिन चाहने पाठकहरुलाई जरुरी सूचना...
- यहांहरुले प्रतिक्रिया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला।
- असभ्य र आपत्तिजनक शव्दहरु प्रयोग गरिएको प्रतिक्रियालाई स्थान दिइने छैन।