Wednesday, June 9, 2010

यस पालिको विश्वकपलाई नियाल्दा

  • सन्दर्भ १९ औं विश्वकप फूटबल प्रतियोगिता

शम्भू केसी
विश्व खेलकुदको सबैभन्दा ठूलो महाकुंभ मेलाको रुपमा रहेको संसारका लगभग सतप्रतिशत जनमानसले प्रत्यक्ष हेर्ने, बुझ्ने, मनोरञ्जन लिने खेलको रुपमा रहेको विवकप फुटवल प्रतियोगिताको १९ औं संस्करणको शुरुवात हुन केही दिन मात्र बाँकी रहेको छ । दक्षिण अफ्रिकामा आयोजना हुन गईरहेको यो प्रतियोगितामा यसपालि पनि अन्तराष्ट्रिय फूटबल महासंघ फिफाले संसारको पाँचै महादेशको सहभागिता हुने गरी कुल बत्तिस राष्ट्रका टीमहरुलाई अन्तिम छनौटका लागि मैदानमा उतारेको छ । 

संसारका ख्यात्रि्राप्त रैथाने प्रतिष्ठित राष्ट्र तथा नवीन राष्ट्रहरुको मिलिजुली सहभागिता रहने यसपालिको प्रतियोगिताले विश्व फूटबललाई माया गर्ने संसारका सबै फूटबल प्रेमीहरुलाई यस खेलप्रति समर्पित हुने अवसर दिने अभियानमा देखिएको प्रतियोगिताले संसारमा सानातिनादेखि ठूलाठूला शक्तिशाली राष्ट्रहरुलाई फूटबलको छाता मुनी जम्मा गर्न फूटबल महासंघ सफल हुने भएको छ । सन् १९०४ मा स्थापना भए पश्चात् लगातार २६ वर्षो अन्योलपछि १९३० मा संसारमा पाँचवटै महादेशलाई समावेश गरेर पालैपालो संचालन गर्दै आइरहेको विश्वकप फूटबल प्रतियोगिताले आफ्नो ४० वर्षो इतिहासमा यसपाली दक्षिण अप्रिmकालाई रोजेको हो । ८ समूहमा विभाजन गरेर पहिलो चरणको लिग खेलको समाप्तिपछि दास्रो चरणबाट सिधा नकआउट चरणमा प्रवेश गर्ने प्रतियोगिताको र्टाईसिटलाई र्ससर्ती नियाल्दा समूह ए को आयोजक साउथ अफ्रिका, पहिलो विश्वकप विजेता उरुग्वे, मेक्सिको तथा विश्वकपको दावेदारको रुपमा सधैं देखिँदै आईरकेको फ्रान्स रहेको छ ।
यसैगरी समूह वी बाट विश्व विख्यात फूटबल र म्याराडोनाको देश अर्जेन्टिना, अफ्रिकी शक्तिशाली राष्ट्र नाइजेरिया, ग्रिस तथा एसियाली फूटबलको महाशक्ति दक्षिण कोरिया रहने छन् । भने समूह सी बाट फूटबल खेलको जन्मदाता इंग्लैण्ड, अमेरिका, अल्जेरिया तथा स्लोभानिया रहेका छन् । यसैगरी समूह डी बाट हालसम्मकै इतिहासमा सबैभन्दा बढी फाइनल पुगेको राष्ट्र जर्मनी, अष्ट्रेलिया, र्सर्भिया तथा घाना रहेका छन् भने समूहर् इ मा विश्वको इतिहासमा सबैभन्दा बढी संभावना भएको तर अभागी टीमको रुपमा देखिएको नेदरल्याण्ड, डेनमार्क, एसिएन टाइकुन जापान तथा विश्व फूटबलको अण्डर डगको उपनामा पाएको अफ्रिकी राष्ट्र क्यामरुन रहेको छ भने समूह एफ मा साविक विजेता सुशंगठीत इटली, पाराग्वे, न्यूजिल्यैण्ड तथा स्लोभाकिया रहेका छन् । यसैगरी समूह जी मा पाँच पटकसम्मको विश्वकप विजेता पेलेको देश ब्राजिल, लुकेको फूटबल खेलको अप्रत्याशित एसियन राष्ट्र कोरिया, आइभोरी कोष्टा तथा पोर्चुगल रहेका छन् । यसैगरी समूह एच मा स्पेन, स्वीटजरल्याण्ड, होन्डुरस तथा चिलीले प्रतिनिधित्व गर्ने भएको छ । यसरी ८ समूहको खेल तालिकालाई सरसरी नियाल्दा यस पालिको विश्वकप विगतको जस्तो सजिलो भने अवश्य छैन । संसारका मै हुँ भन्ने राष्ट्रलाईसम्म पहिलो चरणबाट पार पाउन निकै हम्मेहम्मे पर्ने यसपालीको प्रतियोगितामा पहिलो चरणको खेलमै मै हुँ भन्ने राष्ट्रले बिदाबादी लिएमा केही नौलो मान्नुपर्ने छैन ।
यस पालिको विश्वकपको समूह विभाजनलाई नियाल्ने हो भने समूह ए तथा सकूहर् इ आत्मघाती समूहमा परेका देखिन्छन् । यी दुवै समूहबाट आउने ४ वटै टीमका लागि यस चरण पार गर्नु फाईनल जिते सरह हुने देखिएको छ । दक्षिण अफ्रिकाका १२ वटा रंगशालामा आयोजना हुने प्रतियोगिताका सबै खेलले विश्व फूटबलको मानचित्रमा नयाँ इतिहास कोर्ने आशा तथा विश्वास लिन सकिन्छ । तैपनि फूटबल कै कुरा गर्नुपर्दा समूह ए बाट आयोजक साउथ अफ्रिका र फ्रान्स समूह बी बाट अर्जेन्टिना र नाइजेरिया, सी बाट इंगलैण्ड र अमेरिका, डी बाट जर्मनी र घानार्,र् इ बाट नेदरल्याण्ड र जापान, एफ बाट इटली र प्याराग्वे, जी बाट ब्राजिल र उत्तर कोरिया तथा एच बाट स्पेन र चिली दोस्रो चरणका लागि क्वालिफाइ भए भने प्रतियोगितामा नयाँ रोमाञ्चकता छाएको छ । समग्रमा यसपालिको प्रतियोगितामा प्रतियोगिता स्थान, खानपान, वातावरण तथा मौसमले सहभागी राष्ट्रको खेललाई निकै उथलपुथल पार्ने संभावना रहेको छ । विशेष गरी चिसो राष्ट्रबाट प्रतियोगितामा सहभागी विश्वका चर्चित यूरोपियन राष्ट्रका लागि प्रतियोगिता फलामको च्यूरा सावित हुने भएको छ । विशेषगरी युरोपको प्रतिष्ठित लिग प्रिमियर लिग, इटालियन लिग, यु एफ ए लिगमा खेलिराखेका सम्बन्धित प्रतिष्ठित क्लबका राष्ट्रिय खेलाडीहरुका लागि दक्षिण अफ्रिकाको हावा पानीले अवश्य पनि सताउने देखिन्छ । तैपनि फूटबल हो जे जस्तो हावापानीको मार भएपनि यी चर्चित खेलाडीहरुले आफूलाई व्यवस्थित बनाएर आफ्नो कला कौसललाई विश्वका दर्शकमा पस्कने छन् भन्ने आशा लिने बाटो भने रहेको छ ।
लगभग एक महिनाको समय अवधि बाँकी रहँदा विश्वका ३२ वटै देशका प्रशिक्षकहरुको आफ्नै सहभागी टीमको लिष्ट लगभग बनाइ सकेका छन् भने उनीहरुले हालसम्म बनाएको लिष्टमध्ये ब्राजिलियन टीमबाट देखिने छैनन् भने पेटि्रक भियरा र स्ट्राईकर करिन बेन्जेमा विना फ्रान्सको टीमले मैदानमा प्रवेश गर्ने छ । यसरी मै हुँ भन्ने केही राष्ट्रका रैथाने खेलाडीहरुले बिदावारी लिने यसपालिको प्रतियोगितामा अर्जेन्टेनी, मेस्सी, फ्रान्सका हेनेरी, रिभेरी, इंग्लैण्डका रोनी, ल्याम्पार्ड, टेरी जर्मनीका पोडल्स्की, नेदरल्याण्डका रोविन, जापानका नाकामुरा, नाकाटा, क्यामरुनका इटो, डेनमार्कका बेन्टनर, इटालीका रोसी, आइभोरी कोष्टाका ड्रोकबा, पोर्चुगलका रोनाल्डो, नानी, स्पेनका टोरेस, रामोस, डेभिड भिल्ला अमेरिकाका चार्लि डेभिड, कोरियाका पार्क सुनको चमत्कार विश्वका फूटबल प्रेमीहरुले देख्न पाउने भएका छन् । यसपालिको विश्व कपमा पुरानो प्रतिष्ठित खेलाडीहरुको चमत्कार तथा नयाँ प्रतिभाशाली खेलाडीहरुको उत्कृष्टताले भरिपूर्ण हुने भएको छ । आफ्नो चार दशक लामो इतिहासमा लगभग ७० प्रतिशत उपाधि क्यारावियन राष्ट्रलाई, बाँकी ३० प्रतिशत युरोपियन राष्ट्रलाई बुझाएका हामी एसियाली राष्ट्रका फूटबल प्रेमीहरुलाई मात्र आयोजना गरेर चित्त बुझाउनु बाहेक केही उत्साहवर्धक यस पालिको विश्वकपमा नरहे पनि जापान अष्ट्रेलिया उत्तर कोरिया दक्षिण कोरियाबाट केही नयाँ चमत्कार भए हामी एसियनहरुले गौरव गर्ने बाटो रहने थियो कि -समग्रमा भन्नुपर्दा काला र गोरा छालाविच घमासान साथ क्यारावियन छालाको मुख्य भूमिका तथा जोडमा सिमीत रहने १९ औं विश्वकम फूटबल प्रतियोगिता जुन कुर्वट नरहेपनि यसपालि पनि हामीहरुका लागि थपडी लगाउनु वाहवाही गर्नु र आत्मशन्तोष लिनु बाहेक केही नरहने निश्चित नै छ । तैपनि आफ्नै मजा आफ्नै रमाईलो आफ्नै शोख आफ्नै मौलिकता भएका हामी एशियाली फूटबलका पारखी महादेशबासी फूटवलका पारखीहरुले यस खेलको सफलताका लागि भने होस्टेमा हैसे भने गर्ने छन् भन्नुमा दुर्इमत नरहला । 
साभार :  www.pokharacity.com

1 comment:

  1. I ADAMS KEVIN, a representative of Aiico Insurance plc, we trust and respect for individual differences in day out a loan. We will provide 2% of the loan's interest rate. If you are interested in this business contact us by e-mail:(adams.credi@gmail.com) now transfer their loan documents issued properly. Do you need a loan to set up business or school if you are very welcom to aiico insurance plc.you can also contact us by email:(aiicco_insuranceplc@yahoo.com) we first week can request a balance transfer.

    DO YOU NEED LOAN FOR PERSONAL BUSINESS? IF YOU CONTACT YOUR EMAIL ABOVE TO PROCEED WITH YOUR LOAN TRANSFER IMMEDIATELY
    OK

    ReplyDelete

प्रतिक्रिया दिन चाहने पाठकहरुलाई जरुरी सूचना...
- यहांहरुले प्रतिक्रिया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला।
- असभ्य र आपत्तिजनक शव्दहरु प्रयोग गरिएको प्रतिक्रियालाई स्थान दिइने छैन।