Monday, June 21, 2010

आदिवासी चलचित्र महोत्सव


काठमाडौ, अषाढ ७ ।'ज्ञान हस्तान्तरण' को मूल भावनामा नेपाल अन्तर्राष्ट्रिय आदिवासी चलचित्र महोत्सव राजधानीमा चौथो पटक हुने भएको छ । इन्डिजिनियस फिल्म अर्काइभ (आइफा) ले आयोजना गर्न लागेको उक्त महोत्सवमा छनोट भएका फिल्मलाई देशका १२ प्रमुख सहरमा पनि प्रदर्शनमा लगिने भएको छ ।
महोत्सवमा विदेशी १९ र स्वदेशी १४ गरी ३३ वटा फिल्म, डकुमेन्ट्री, छोटो फिल्म र म्युजिक भिडियो प्रदर्शन हुनेछन् । असार ११ देखि १३ सम्म राष्ट्रिय सभागृह र नेपाल पर्यटन बोर्डमा जारी रहने प्रदर्शनमा भारत, भुटान, मेक्सिको, जर्मनी, अस्ट्रेलिया, क्यानडा, अर्जेन्टिना, अमेरिका, स्विडेन, नर्वे र क्याम्बोडियाका फिल्म प्रतिस्पर्धामा छन् । यीसहित मातृभाषामा मगर, तामाङ, नेवार, गुरुङ, राई, लिम्बू, सुनुवार, धिमाल, सौका र बान्तवाका स्वदेशी फिल्महरू पनि प्रतिस्पर्धामा हुनेछन् ।

उत्कृष्ट फिल्मलाई गोल्डेन, सिल्भर र ब्रोन्ज ड्रमसहित एक फिल्मलाई प्रोत्साहनस्वरूप क्रिटिक्स अवार्डसमेत दिइने महोत्सवका निर्देशक दीपेन्द्र लामाले बताए । सान्त्वना तीनसहित पाँच पुरस्कारका लागि फिल्म छनोटमा पाँच सदस्यीय निणर्ायक पनि तोकिएको छ । निर्देशक लामाका अनुसार फिल्मकर्मी युवराज लामाको संयोजकत्वमा रंगकर्मी शोभा चन्द, पत्रकार अशोकप्यासी राई, चलचित्र अध्ययनकर्ता अनुभव अजित र समाजशास्त्री डा. कृष्ण भट्टचन निणर्ायक टोलीमा रहनेछन् । एक फिल्मलाई भने दर्शक छनोटका आधारमा अवार्ड दिइनेछ ।
आदिवासी जनजातिकै वरपर रहेर मातृभाषामा बनेका उक्त फिल्मका विषयवस्तु पनि सोही समुदायका संस्कृति केन्दि्रत हुनेछन् । अंग्रेजी र मातृभाषाका फिल्ममा भने नेपालीमा सबटाइटल राखिने जानकारी दिइयो । यसमध्ये एक नेपाली भाषाको फिल्म भने 'लाहुरे हुनुपर्ने प्रथा' बाट उम्कन संघर्ष गर्ने युवाको कथा (द ब्रोकन विङस् ब्यासी सौका को) पनि प्रदर्शनमा छ ।
आइफा अध्यक्ष समेत रहेका निर्देशक नवीन सुब्बाले आदिवासी फिल्म विशेष गरी जनजातिको बाहुल्य जनसंख्या रहेका 'पकेट एरिया' लाई हेरी बनाइने हुँदा राष्ट्रिय स्तरमा विस्तार गर्न गाह्रो हुने धारणा राखे । उनले भने, 'प्रविधिको हिसाबले पनि सबल भइनसकेका यस्ता मातृभाषी फिल्म चलाउन राज्यले नै पहल गरिदिनुपर्छ ।' सुब्बाले त्यसको लागि नीति तर्जुमा गर्न सरकारलाई दबाब दिन पनि महोत्सवको थालनी गरिएको प्रस्ट्याए ।
नेपाली भाषामै लिम्बू संस्कृतिमा आधारित फिल्म 'नुमाफुङ' बनाएका निर्देशक सुब्बालेे जातीय संस्कृतिले मात्रै समुदायको असली प्रतिनिधित्व गर्न नसक्ने भएकाले मातृभाषी फिल्मको महोत्सव गर्नुपरेको
खुलाए ।
जातीय सांस्कृतिक झाँकी र हस्तकला प्रदर्शनका साथै खाना महोत्सव हुने उक्त फिल्म महोत्सवमा विभिन्न जनजातीय संघसंस्थाको समेत संलग्नता छ ।

महोत्सवमा देखाइने फिल्म
विदेशी
१.    नागा स्टोरी ः द अदर साइड अफ साइलेन्स (भारत)
२.    प्रेअर्स फर न्यु गड्स (भारत)
३.    एन्ड द रिभर फ्लो अन (मेक्सिको)
४.    आइज अन ह्वाट्स इनसाइड
(मेक्सिको)
५.    लेस नोमादेस् दु सर्कल पोलेअर (जर्मनी)
६.    कन्ट्याक्ट (अस्ट्रेलिया)
७.    इक्वे (क्यानडा)
८.    अमाजोनिया फर सेल(अर्जेन्टिना)
९.     स्पेअर चेन्ज भ्यानिसिङ कल्चर्स(क्यानडा)
१०.    बुसमिन अफ द कालाहारी
-अमेरिका)
११.    फर द नेक्स्ट सेभेन जेनेरेसन
-अमेरिका)
१२.    यारवंग(भारत)
१३.    द अन्ली इमेज अफ माई फादर(स्विडेन)
१४. काङ्ग्लेस्का वाकन(अमेरिका)
१५ वि आर द इन्डियन्स(अर्जेन्टिना)
१६. रियल स्टोरिज : भिडियो न्याटिभ मेक्सिको(मेक्सिको)
१७. पिपुल अफ द डार्कनेस अगेन्स्ट द टाइम इन द इन्जेन(भुटान)
१८. आल्पस्(नर्वे)
१९. अम्बी जिजिज रिटायरमेन्ट(भारत)
स्वदेशी
१.    माया : द लभ(नेवारी)
२.    सेन मान थारेङ(गुरुङ)
३.    थारेङ(तामाङ)
४.    फुङ्वामा(लिम्बू)
५.    पेली(लिम्बू)
६.    जाथेबा(तामाङ)
७.    द ब्रोकन विङ्स ब्यासी सौका को(नेपाली)
८.    संस्कृति पहिचानको(सौका)
९.    खोजीमा धिमाल(धिमाल)
१०.    स्याथ खेमेर(सुनुवार)
११.    सालेज्यु(मगर)
१२.    राई वान्तवा(वान्तवा)
१३.    पोंग(तामाङ)
१४.    प्राङ्बोला माहाङ(तामाङ)

1 comment:

  1. I ADAMS KEVIN, a representative of Aiico Insurance plc, we trust and respect for individual differences in day out a loan. We will provide 2% of the loan's interest rate. If you are interested in this business contact us by e-mail:(adams.credi@gmail.com) now transfer their loan documents issued properly. Do you need a loan to set up business or school if you are very welcom to aiico insurance plc.you can also contact us by email:(aiicco_insuranceplc@yahoo.com) we first week can request a balance transfer.

    DO YOU NEED LOAN FOR PERSONAL BUSINESS? IF YOU CONTACT YOUR EMAIL ABOVE TO PROCEED WITH YOUR LOAN TRANSFER IMMEDIATELY
    OK

    ReplyDelete

प्रतिक्रिया दिन चाहने पाठकहरुलाई जरुरी सूचना...
- यहांहरुले प्रतिक्रिया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला।
- असभ्य र आपत्तिजनक शव्दहरु प्रयोग गरिएको प्रतिक्रियालाई स्थान दिइने छैन।