Saturday, June 12, 2010

उधौलीको पर्खाइ संगै विदा भयो साकेला

इटहरी २९ जेष्ठ ।एक महिनादेखि सुरु भएको किरात राईहरुको महान पर्वको रुपमा मानिने साकेला शनिबार समापन भएको छ । प्रकृति पुजक मानिने किरात राईहरुले उभौली पर्वको रुपमा परापूर्वक कालदेखि मानाउदै आएको सकेला बैसाख पूर्णीमाबाट सुरु भएको शनिबार ठिक एक महिना पछि शानदार रुपमा समापन भएको हो । विभिन्न ठाउँहरुमा छरिएर रहेका राईहरुले एक महिनासम्म सानो-सानो समुहमा सिलि नाचेर आफ्नो पुर्खौली पर्व मनाइरहेका भए पनि सनिबार समापनको दिन जिल्ला भरिका साकेला समुहहरु एकै स्थानामा भेला भएर संयुक्त रुपमा सिलि नाचेर समापन गरेका छन् ।
आफूहरु प्रकृति पुजक भएकोले प्रकृतिलाई पुजा गरेर वर्षाको समयमा खेतिपाती गर्दा कुनै पनि प्रकारको प्राकृतिक विपत्ति नपरोस् भनेर आफ्ना पुर्खाहरुले प्रृकतिलाई पुज्न सुरु गरेकाले आफूहरुले पनि त्यही प्रकृयालाई निरन्तरता दिएको किरात राई यायोक्खा झापा जिल्ला अध्यक्ष सन्तकुमार वान्तावाले जानकारी दिनु भएको छ । वहाँ भन्नु हुन्छ यो हाम्रो पहिचान हो हाम्रो परम्परागत पर्व साकेलालाई संरक्षण र प्रवद्र्धन गर्नका लागि निरन्तर लागि परेका छौ ।
पूर्वका झापा मोरङ सुनसरी इलाम संखुवासभा लगायतका ठाउँहरुमा छरिएर रहेका राई समुदायले भव्यताका साथ यो वर्षको साकेला मनाएका छन् । आफ्ना परम्परागत भेसभुषामा सजिएर एक महिनासम्म कुनै न कुनै साकेला थानहरुमा नाचिरहेका युवा युवतीहरुले शनिवारदेखि भने एक वर्षका लागि साकेलालाई विदा गरेका हुन् । किराता राई यायोख्खा सुनसरीको आयोजनामा सुनसीको धरानमा अवस्थित साकेला पार्कमा पनि समापन कार्यक्रमको आयोजना गरिएको थियो । कार्यक्रममा जिल्लाका विभिन्न गाविसहरुबाट आएको २४ साकेला समुहबीच प्रतियोगिता समेत गराइएको थियो । प्रतियोगितामा सहभागी टिमहरुलाई विभिन्न ५ विधामा पु्रस्कृत गरिएको आयोजकले जानकारी दिएको छ ।
साकेलाको समापन संगै किरातीहरुले मनाउदै आएको यो वर्षको उधौली पर्व पनि समापन भएको छ ।

3 comments:

  1. Hami Nepalile j bhaye pani Aafno maulik sanskriti bachaunu par6.. Haina ra !

    ReplyDelete
  2. तपाईको कुरा सारै राम्रो लागे । यो सत्य हो ।

    ReplyDelete
  3. I ADAMS KEVIN, a representative of Aiico Insurance plc, we trust and respect for individual differences in day out a loan. We will provide 2% of the loan's interest rate. If you are interested in this business contact us by e-mail:(adams.credi@gmail.com) now transfer their loan documents issued properly. Do you need a loan to set up business or school if you are very welcom to aiico insurance plc.you can also contact us by email:(aiicco_insuranceplc@yahoo.com) we first week can request a balance transfer.

    DO YOU NEED LOAN FOR PERSONAL BUSINESS? IF YOU CONTACT YOUR EMAIL ABOVE TO PROCEED WITH YOUR LOAN TRANSFER IMMEDIATELY
    OK

    ReplyDelete

प्रतिक्रिया दिन चाहने पाठकहरुलाई जरुरी सूचना...
- यहांहरुले प्रतिक्रिया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला।
- असभ्य र आपत्तिजनक शव्दहरु प्रयोग गरिएको प्रतिक्रियालाई स्थान दिइने छैन।