Wednesday, June 9, 2010

किसान अवैध मल प्रयोग गर्न बाध्य

इलाम २६ जेठे  ।  इलामका किसानहरुले अबैध रुपमा भित्रने गरेको रासायनिक मल प्रयोग गर्न बाध्य रहेका छन् । सरकारले अनुदानको मल गाउँ तहसम्म प्रभावकारी ढंगले वितरण गर्न नसक्दा किसनहरुले अबैध रुपमा भित्रिएको रसायनिक मल प्रयोग गर्न बाध्य भएका हुन् । खुला सिमानाको कारण अबैध रुपमा इलामका व्यापारीहरुले भारतबाट मल भित्र्याउने गरेका छन् । भारतबाट भित्रिने मल गुणस्तरहीन भएपनि सरकारले वितरण गर्ने भनेको मलभन्दा छिटो वितरण हुने अनुदान मलभन्दा सस्तो हुने भएकोले किसनहरु अबैध रुपमा भित्रने गरेको मल प्रयोग गरिरहेका छन् । सरकारले अनुदानमा उपलब्ध गराउने सहुलियत दरको गुणस्तरीय रासायनिक मलमा किसानहरुको पहँुच पुग्न सकेको छैन् । सरकारले यस बर्ष अनुदानको रसायनिक मल जिल्लामा ५० प्रतिशत किसानसमक्ष पुर् याने लक्ष्य राखेको थियो । तर सरकारले छुट्याएको रकमले २० प्रतिशत किसानहरुलाई मात्र धान्ने कृषि सामग्री संस्थान इलामका शाखा प्रबन्धक चन्द्र चौलागाईले जानकारी दिनुभयो ।
जिल्लाको कृषि सामग्री संस्थानबाट जिल्लाभरीका सरकारी संस्थाले खरिद गरी गाउँका किसानसम्म अनुदानको मल पुर् याउने संस्थानका प्रबन्धक चौलागाईले जानकारी दिनुभयो । अनुदानको यूरिया मल प्रतिकिलो १४ रुपैया ८० पैसा पर्छ भने भारतबाट आउने युरिया मल प्रतिकिलो १० रुपैयाँमै किसानले पाउने गरेका छन् ।
अबैध रुपमा भित्रिने मल गुणस्तरहिन हुने हुनाले किसानहरुलाई फाईदा नगर्ने जिल्ला कृषि विकास कार्यालयका कृषि विकास अधिकृत राजेन्द्र मल्ल बताउनु हुन्छ । थोरै महंगो भएपनि किसानहरुले गुणस्तरीय मल प्रयोग गरे उत्पादनमा बृद्धि हुने उहाँले बताउनु भयो ।
संस्थानमा चालू आर्थिक वर्षमा युरिया मल ३० टन ७ सय किलोग्राम ल्याएकोमा २ टन मात्र बाँकी रहेको छ । संस्थानले ५८ हजार १ सय ७५ किलोग्राम डीएपी मल ल्याएकोमा ९ टन मात्र विक्री भएको जनाईएको छ । त्यस्तै १७ टन कम्प्लेक्स मल संस्थानमा आएकोमा १३ टन मात्र विक्री भएको छ ।
जिल्लाको पुर्वी नाका पशुपतिनगर मानेभाज्याङ्गबाट दैनिक अवैध मल भित्रिएपनि सम्बन्धित निकायले अनुगमन नियन्त्रण गर्न सकेको छैन् । प्रशासनको आखा छलेर भित्र्याएको अबैध मल जिल्लाको ग्रामिण इलाका साथै पाँचथर र ताप्लेजुङ्गसम्म पुग्ने गरेको छ ।
जिल्लामा छनौट भएको ५० वटा सहकारी संस्थान भएपनि अहिले २१ वटा सहकारीले मात्र संस्थानले कृषि सामग्री संस्थान इलामबाट मल खरीद गरी वितरण गरिरहेको संस्थानले जनाएको छ ।

No comments:

Post a Comment

प्रतिक्रिया दिन चाहने पाठकहरुलाई जरुरी सूचना...
- यहांहरुले प्रतिक्रिया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला।
- असभ्य र आपत्तिजनक शव्दहरु प्रयोग गरिएको प्रतिक्रियालाई स्थान दिइने छैन।