Wednesday, June 9, 2010

उच्च शिक्षा अध्ययनका लागि बचत

इनरुवा २६ जेठ । सुनसरीको सिमरियाका विद्यालय जाने किशोरीहरुले उच्चशिक्षा अध्ययनको लागि दैनिक बचन सुरु गरेका छ्न । उत्सुकता किशोरी केन्द्रको अगुवाईमा सिमरियाका मुस्लिम र मधेसी किशोरीहरुले उच्च शिक्षा अध्ययन लागि खर्च गर्न बचत सुरु गरेका हुन् । सिमरिया १ की १६ वर्षीया ममिना खातुनले गएको मंसिर महिनादेखि दैनिक बचत गरिरहेकी छन् । खातुनले शिक्षक बनेर समाजको अन्धविश्वास र अध्याँरो हटाउने सोचका साथ उच्चशिक्षा पढ्नका लागि दैनिक १० रुपौयाँका दरले बचत सुरु गरेकी हुन् । खातुनले हालसम्म २ हजार १ सय रुपैयाँ बचत गरेको बताइन् । खातुनले तराईवासी मधेसी त्यसमाथि पनि मुस्लिम समुदायका महिलाहरु घरबाट बाहिर जान नहुने धारणालाई चिर्नका लागि उच्च शिक्षा आर्जन गर्ने सोच लिएकी छन् । उच्च शिक्षा अध्ययन गर्न विद्यालय जाँदाको दैनिक नास्ता र अन्य खर्चबाट कटाएर दैनिक बचत गरेको खातुनले जानकारी दिइन् ।
ममिना जस्तै सिमरिया १ की १३ वर्षीया कसिरा खातुनले पनि उच्च शिक्षा पढ्नका लागि दैनिक बचत गरिरहेकी छन् । कक्षा ८ मा पढ्दै गरेकी कसिराले दैनिक बुवाआमाले दिएको ५ रुपैंयाँ बचत गरिरहेकी छन् । किशोरीहरुमा भविष्यको लागि बचत गर्नुपर्ने कुराको प्रेरणा उत्सुकता किशोरी केन्द्रका सहजकर्ता रिता चौधरीले दिएकी हुन् ।
स्थानीय बालिबा तथा किशोरीहरुमा किशोरी अवस्थाको अवसर र चुनौतीको बारेमा सचेतना केन्द्रले सचेतना कार्यक्रम साचालन गरेपछि बचत गर्न प्रेरणा मिलेको हो । खातुनद्वयसहित सिमरीयाका मान्ति साह बुन्ती साह संगिता यादव मनिता चौधरी सोभा साहसहित २५ जना किसोरीले दैनिक बचत सुरु गरेको केन्द्रकी सहजर्का रिता चौधरीले जानकारी दिनुभयो ।
सिमरियाका किशोरीहरु बचत गर्ने मात्रै नभएर किशोरी अवस्थामा हुने शारीरिक परिर्वतनको बारेमा पनि खुलेर कुरा गर्न थालेका छन् । यस्तै केन्द्रमा भविष्यको छनौट र आपुनै समस्या तथा किल्पकको बारेमा सामुहिक छलफल हुने गरेको छ ।
किशोरीहरुले अशिक्षाका कारण चेलीबेटी बेचविखन बढि मात्रामा भएको भन्दै सचेतना कार्यक्रम समेत गाउँंमा साचालन गरिरहेका छन् । किशोरीहरुले केन्द्रबाट महिनाबारी परिवारमैत्री व्यवहार यौन र यौनरोगको बारेमा जानकारी लिने गरेको नारी विकास संघकी सरिता अधिकारीले जानकारी दिनुभयो ।

No comments:

Post a Comment

प्रतिक्रिया दिन चाहने पाठकहरुलाई जरुरी सूचना...
- यहांहरुले प्रतिक्रिया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला।
- असभ्य र आपत्तिजनक शव्दहरु प्रयोग गरिएको प्रतिक्रियालाई स्थान दिइने छैन।