Wednesday, June 9, 2010

भारतको नेपाल नीति असफल

-पूर्व राजदूत केभीराजन
जेष्ठ २७ गते । नेपालका लागि भारतीय पूर्व राजदूत केभी राजनले राष्ट्रिय सहमति कायम गरेर शान्ति प्रकि्रया र संविधान लेखनलाई निश्कर्षम्ाा पुर् याउन आग्रह गर्नुभएको छ । रिपोर्टस्र क्लब नेपालले आज काठमाडौमा गरेको साक्षात्कारमा राजदुत राजनले शान्तिप्रकि्रयालाई निस्कर्षमा पुर् याउने नेपाली नेताहरुको प्रयासमा भारतको पूर्ण समर्थन रहेको बताउनुभयो । नेपालमा को प्रधानमन्त्री बन्नुपर्छ भन्ने भारतको चाहना नभएको भन्दै उहाले नेपालको शान्तिप्रकि्रयालाई टुँगोमा पुर्याउन नेपाली नेताहरु आफैं सक्षम रहेको बताउनुभयो । नेपाली कांग्रेसका सभापति स्वर्गीय गिरिजाप्रसाद कोइरालासम्बन्धी कार्यक्रममा भाग लिन काठमाडौँ आउनुभएका उहाले नीजि भ्रमणका दौरान आफ्ना मित्रहरुसँग भेटवार्ता गरेको बताउनुभयो । 

नेपालको आन्तरिक राजनीतिमा भारतले हस्तक्षेप गर्न कहिल्यै नचाहेको टिप्पणी गर्दै पूवर््ा राजदूत राजनले भारतमाथि लागेको त्यस्तो आरोप ुसही नभएकोु बताउनुभयो ।
बहुचर्चित महाकाली सन्धीका सुत्रधार मानिएका राजनले त्यो सन्धीले नेपालका नेताहरुलाई अहिले पनि सहमतिको बाटोमा हिड्न सिकाएको तर्क गर्नुभयो । भारतमा शुरु भएको माओवादी िहंसाको सैन्य समाधान गर्नु नहुने राजदुत राजनको भनाई छ ।

No comments:

Post a Comment

प्रतिक्रिया दिन चाहने पाठकहरुलाई जरुरी सूचना...
- यहांहरुले प्रतिक्रिया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला।
- असभ्य र आपत्तिजनक शव्दहरु प्रयोग गरिएको प्रतिक्रियालाई स्थान दिइने छैन।