Wednesday, June 9, 2010

पुर्ननिर्माणमा अनियमिताको आरोप काम बन्द गर्ने चेतावनी

जेठ २६ गते । सुनसरीको राजगँाज सिनवारी र चिमडी गावीसको सिमामा पर्ने बुढीखोलाको चन्दामोहना पुल पुर्ननिर्माण आयोजनामा अनियमितता भएको भन्दै स्थानीयवासीहरुले भोलि देखी निर्माणको कार्य बन्द गर्ने चेतावनी दिएका छन् । स्थानीयवासीहरुले पुर्ननिर्माण कार्यमा स्थानीवासीहरुलाई रोजगारी नदिइ भारतीय नागरिकलाई रोजगारी दिइएको भन्दै पुल निर्माणको कार्य बन्द गर्ने चेतावनी दिएका हुन् । उनिहरुले स्थानीबासीहरुलाई रोजगारी दिन माग गरेका छन् । आयोजनाको १३ करोड बजेटमा संचालन भएको पुल निर्माण कार्यमा सिचाइका कर्मचारी उमेश यादवले एक तर्फी रुपमा भारतीयलाई काम दिइएको भन्दै काम रोक्न माग गरेका हुन ।
स्थानीय चन्दामोहना सर्घषका अध्यक्ष रणजित यादवका अनुसार सिचाई कर्मचारी कमिशन लिएर मजदुर निकाल्ने र राख्ने काम गरेकोले स्थानियहरुले दुइ दिन भित्र काम सुधार गर्न माग गरेका छन् ।

No comments:

Post a Comment

प्रतिक्रिया दिन चाहने पाठकहरुलाई जरुरी सूचना...
- यहांहरुले प्रतिक्रिया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला।
- असभ्य र आपत्तिजनक शव्दहरु प्रयोग गरिएको प्रतिक्रियालाई स्थान दिइने छैन।