Wednesday, June 9, 2010

सामाजिक बहिष्कारमा जुवाडेलाई

उदयपुर २६ जेठ । जाँड रक्सी बेचेको तथा जुवा तास खेल्न नछाडेको भन्दै उदयपुरको त्रियुगा ८ बगाहाका मुखराचा भनिने बिन्दािसंह राईलाई स्थानीयवासीले सामाजिक वहिष्कार गरेका छन् । समाजले जाँड र_िक्स बेचेको र तास जुवा खेल्न नछाडेको भन्दै राईलाई सामाजिक रुपमा वहिष्कारको घोषणा गरेको हो ।
जनशक्ति टोल विकास संस्थाको अगुवाईमा स्थानीय सामुदायिक सचेतना साजाल र सुर्योदय युवा क्लबसहितका संस्थाका प्रतिनिधी स्थानीयवासी वुद्धिजीवी लगायतको संयुक्त छलफलमा राईले पटक-पटक सचेत गराउँदा पनि सुधि्रन नचाहेको र सामाजिक निर्णयका विरुद्ध गएको भन्दै बहिष्कारको निर्णय गरेको हो । राईलाई नसुधि्रएसम्म सामाजबाट कुनैपनि किसिमको साथ सहयोग नगर्ने निर्णय भएको जनशक्ति सेल विकास संस्थाका कोषाअध्यक्ष सुवराज तामाङले बताउनु भयो ।
समाजले गत वर्ष खुल्ल्ाा दिशामुक्त क्षेत्र घोषणा गरेको र रक्सी जुवा तास वन्द गर्ने कार्यक्रमलाई समेत तीब्रताका साथ अघि बढाउँदै आएको सामुदायिक सचेतना साजालका अध्यक्ष ताराबहादुर राईले बताउनु भयो । उहाँका अनुसार पहिले सामाजिक परिवेशमा आउन आग्रह गरिने र अटेर गर्नेलाई बहिष्कार गर्ने निर्णय भएको छ ।

No comments:

Post a Comment

प्रतिक्रिया दिन चाहने पाठकहरुलाई जरुरी सूचना...
- यहांहरुले प्रतिक्रिया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला।
- असभ्य र आपत्तिजनक शव्दहरु प्रयोग गरिएको प्रतिक्रियालाई स्थान दिइने छैन।