Friday, September 12, 2008

अन्तराष्ट्रिय संस्थाहरुले तेल खरिद गर्दा अन्तराटि्रय मुल्य नै तिर्नु पर्ने

नेपाल सरकारले करोडौ रुपैया घाटा बेहोरेर र्सवसाधारण जनताको लागी आपर्ुर्ती गर्ने गरेको पेट्रोलियम पदार्थ अन्तराष्ट्रिय संघ संस्थाले खपत गरि दिदा र्सवसाधारण मर्कामा परेको छन ।
झापामा प्राय जसो तेलको अभाव सधै भईरहने भएपनी सबै भन्दा दमकबजारमा यो समस्या जटिल रुपमा रहदै आएको छ । यहँा स्थीत शरणार्थी मामिला सम्बन्धी राष्ट्रसंघिय उच्च आयोग -युएनएचसिआर) मार्फ सञ्चालन हुने सवारीहरुले दमकमा मात्रै दैनिक १ हजार लिटर डिजल खपत गर्ने गरेको पेट्रोलियम व्याबसायीहरु बताउँछन् ।
अन्तराष्ट्रिय आप्रवास संस्था आइओएम र विश्व खाद्य कार्यक्रम -डब्लु एफ पी) का मात्रै दर्जन बढी सवारीलाई तेल आपर्ुर्ती गर्दै आएको सगरमाथा पेट्रोल पम्पका सञ्चालक राम पिठाकोटेका अनुसार सो पम्प बाट मात्रै ६ सय लिटर तेल दैनिक आपर्ूर्ती भइरहेको छ । अन्तराष्ट्रिय संस्थाहरुले तेल खरिद गर्दा अन्तराटि्रय मुल्य नै तिर्नु पर्ने भए पनि र्सवसाधारणले खरि गर्ने मुल्यमानै उनिहरुले खरिद गरिरहेका छन । जसका कारण बजारमा तेलको अभाव चाडै हुने गरेको जानकारहरु बताउछन । नेपाल सरकारले अनुदान वापत पाएको वा ऋण काडेर ल्याएको तेल अन्तराष्ट्रिय संस्थालाई र्सवसाधारणकै सौलियतमा बिक्र गरिनु उचित नभएको व्याबसायी शंकर बस्नेतको भनाई छ ।

No comments:

Post a Comment

प्रतिक्रिया दिन चाहने पाठकहरुलाई जरुरी सूचना...
- यहांहरुले प्रतिक्रिया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला।
- असभ्य र आपत्तिजनक शव्दहरु प्रयोग गरिएको प्रतिक्रियालाई स्थान दिइने छैन।