Friday, September 12, 2008

आझेलमा झापाका बाडीपीतहरु

कोसी डुवानका कारण पर्ूवका थुप्रै नदीहरुको कटान र डुवानमा परेको पिडीतहरु झनै पिडामा परेका छन ।
अहिले मुख्य समस्याको रुपमा उत्पन्न भएको समस्याको रुपमा उत्पन्न भएको समस्या भनेको डुवान कटान नै हो । यसरि गाउँहरु डुवान हुने क्रममा झापा र मोरङमा पनि यो वर्षधेरै जमिन कटानमा परेको यथाजवत नै छ । तर ती कटान, डुवानका पिडीतहरुलेे आफुहरु समस्यामा पर्दा सरकारले सहयोग गर्दा रहेछ भन्ने महसुस नै गर्ने अवसर पाएका छैनन् किनकी सबै भन्दा धेरै पिडीत पनि त्यस जिल्लामा नै रहेका पाउन सकिन्छ यस्तो समस्या सुनसरीमा मात्रै होइन झापा र मोरङमा पनि रहेको छ । तर सरकारले भने कोसी डुवानलाई मात्र मुख्य समस्याको रुपमा लिएर अन्य साना तिना समस्याकै रुपमा लिईरहेको अवस्था छ ।
विषेस गरि झापाको ५ ओटा गाविसहरु अत्यान्तै कटानमा परेका छन । यसरि कटानमा पर्ने गाविसहरु शिवगञ्ज, कोरोपारी, माहाभारा, कुमरखोद, धरमपुर बैगुन्धुरा र सतासी गाविसका ५० प्रतिसत वडाहरुलै बगाईसकेको अवस्था छ । यो वर्षो भदौ महिनामा मात्रै कमल, कन्काई र बनियानी खोलामा आएको बाढीले माहाभारा गाविसबाट ३५ घर, सतासी गाविसका १० घर, शिवगञ्ज बाट १० घर गरेर जम्मा ५५ घर परिवार नै पर्ूण्ा रुपमा विस्थापित भएका छन । हाल ५५ घरको त कुनै अस्थित्व नै पायन सकिदैन भने अव पुन ५ सय घरपरिवार पनि कटानीको उच्च कोटीमा रहेको माहाभारा गाविसका पर्ूव अध्यक्ष बिजय अग्रवाले बताउनु हुन्छ । अग्रवाल भन्नु हुन्छ, यसरि गाउँनै पर्ूण्ा रुपमा सखाप हुदाँ पनि सरकर वास्तै गरेको पाइदैन । मात्रै सरकार आफ्नो औपचारिकता पूरा गर्नको लागि ठूलै राहात प्याकेज ल्याए झै गरेर २/४ किलो चिउरा बाड्ने काम मात्रै गरेको छ । सरकारले राहातको रुपमा तठबन्दनको योजना मात्रै ल्याए पनि जनताले ठूलो राहतको रुपमा लिनेछन् । वहाँका अनुसार यो वर्षमात्रै यी गाविसहरुमा २ सय बिगहा खेतीयोग्य जमिन कटानमा परिसकेको छ । यदी रिकारले यसरिनै बेवास्था गर्ने हो भने वर्षयाम सकिदा करिव १ हजार बिघहा जमिन नै कटानी हुन सक्ने अत्यान्तै ठूलो सम्भावना रहेको छ । त्यसै गरि मोरङको मधुमल्ला गाविसको वडा नं. ५ मा पनि बक्राहा र मावा खोलाको कटानीका कारण सो वडानै पर्ूण्ा रुपामा बगरमा परिणत भएको छ । यस बडामा ३ सय घर बसोवास गरिरहेका थिए । तर सरकार त्यहाँ पनि पुग्न सकेको अवस्था छैन यात चासो नै छैन यात समस्या नै होइन जस्तो लागीरहेाक छ सरकारलाई भन्नु हुन्छ मधुमल्ला गाविसका पर्ूव अध्यक्ष कासीानाथ पौड्ेल वहाँ भन्नुहुन्छ कोसी डुवान मात्रै देशको समस्या होइन मधुमल्ला कटान पनि उतिकै ठूलो समस्या हो । त्यसैले सरकारले यो समस्यालाई पनि उतिकै गम्भिर बिषयको रुपमा लिनु पर्छ ।
यसरि सरकारले योदामलाई मात्रै रंग रोकन गरेर गोदामभित्र रहेको बोरालाई बेवास्था गर्ने हो भने भोली त्यो बोराको हालत कस्तो हुन सक्ला पक्कै पनि ठूलै समस्या आउछ त्यो बोरामा यथार्थमा बोरामा आएको समस्याले पर्ूण्ा रुपमा गोदामनै समस्या उत्पालन नगर्ला भन्न सकिदैन । जसरि सानो घाउलाई बेवास्था गर्दा सानो घाउले ठूलो रुप लिन अवस्था सृजना हुनेछ । सरकारले यस्ता ठूल-ठूला समस्यालाई मात्र हेरेर साना-साना सस्याहरुलाई मध्यनजर नगर्ने हो भने सुनसरीको पश्चिमकुसाह, श्रीपूरा, लौकही मात्रै होइन संखुवासभाको खादवारी पनि एउटा नाङ्गो बगरको रुपमा परिणत नहोला भन्न सकिन्न ।

No comments:

Post a Comment

प्रतिक्रिया दिन चाहने पाठकहरुलाई जरुरी सूचना...
- यहांहरुले प्रतिक्रिया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला।
- असभ्य र आपत्तिजनक शव्दहरु प्रयोग गरिएको प्रतिक्रियालाई स्थान दिइने छैन।