Saturday, September 27, 2008

हार्दिक समवेदना

मेरा प्रिय मित्र तथा यो व्लग चलाउन शुरुदेखि नै समाचार सामग्रीहरु नियमित रुपमा प्रदान गरि सहयोग गरिरहनु भएका कुमार लुइंटेलका पिता श्री घनश्याम लुइंटेलको ५५ वर्षको उमेरमा असमायिक निधन भएको थाहा पाउँदा अत्यन्त दुखित भएको छु । शिक्षण पेशामा रहनु भएका उहाँ दमको रोगबाट पिडित हुनुहुन्थ्यो भने पछिल्ला दिनमा उहाँको फोक्सोमा समस्या देखिएको थियो । उहाँको वि.पि.कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा निधन भएको हो । यस्तो दुर्भाग्यपूर्ण परिस्थितिमा शोकाकुल परिवारप्रति हार्दिक समवेदना व्यक्त गर्दछु ।

No comments:

Post a Comment

प्रतिक्रिया दिन चाहने पाठकहरुलाई जरुरी सूचना...
- यहांहरुले प्रतिक्रिया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला।
- असभ्य र आपत्तिजनक शव्दहरु प्रयोग गरिएको प्रतिक्रियालाई स्थान दिइने छैन।