सरकारको बार्षिक नीति तथा कार्यक्रम आज बसेको ब्यवस्थापिका संसदको बैठकले बहुमतकासाथ पारित गरेको छ । भदौ २५ गते राष्ट्रपति डा.रामबरण यादवले आर्थिक बर्ष ०६५/०६६ को सरकारको ९० बूँदे नीति कार्यक्रम प्रस्तुत गर्नुभएको थियो ।
नीति तथा कार्यक्रममाथिको छलफलमा सभामुख सुभाषचन्द्र नेम्वाङले कांग्रेस लगायतका प्रतिपक्षी दलहरुलाई संशोधन प्रस्ताव फिर्ता लिन समय दिनुभएपनि ती दलहरु आफ्नो अडानमा कायम रहेपछि संशोधन प्रस्तावहरु बहुमतले अस्विकृत भएको थियो ।
संशोधन प्रस्ताव फिर्ता नलिने अडान दोहोर्याउँदै नेपाली कांग्रेसका उपसभापति रामचन्द्र पौडेलले संसदीय ब्यवस्था मन्त्रालयलाई खारेज गरिएकोमा कडा आपत्ति जनाउँदै वाइसीएल गतिबिधि, बिस्थापितहरुको पुनर्स्थापना लगायतका बिषयमा सरकार गम्भिर नवनेको आरोप लगाउनुभयो ।प्रधानमन्त्री प्रचण्डले युवा संगठनहरुलाई देश निर्माणमा लगाउन बजेटमा ब्यवस्था गर्न लागिएको भनाईप्रति कडा आलोचना गर्दै पौडेलले कार्यकर्तालाई पैसा बाड्न यस्तो नीति ल्याईए कांग्रेसले कडा प्रतिकार गर्ने बताउनुभयो ।
बैठकमा अर्थमन्त्रालयबाट प्राप्त पत्र पढेर सुनाउदै सभाध्यक्ष नेम्वाङले आर्थिक बर्ष ०६५/६६ को राजश्व र आयको अनुमानित बजेटमाथिको छलफल असोज ३ गते ४ वजे हुने जानकारी दिनुभयो । ब्यवस्थापिका संबिधान सभाको आगामी बैठक पनि असोज ३ गते ४ वजेसम्मको लागि स्थगित गरिएको छ ।
Monday, September 15, 2008
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment
प्रतिक्रिया दिन चाहने पाठकहरुलाई जरुरी सूचना...
- यहांहरुले प्रतिक्रिया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला।
- असभ्य र आपत्तिजनक शव्दहरु प्रयोग गरिएको प्रतिक्रियालाई स्थान दिइने छैन।