Bishnu Puudel
एक हप्ता अघिमात्र बाढि पिडित लखनपुर र दमकका जनतासँग जिल्ला पशासन कार्यालय चन्द्रगढी पुगी बिदाईको हात मिलाएर काठमाण्डौं फर्केका सभासद विश्वदिप लिङदेन शनिवार थपक्कै दमक आईपुगे । नआउनपनि कसरी आफुले भर्खरै चुनाव जितेको झापाको क्षेत्र नं.७मा पाटीको क्षेत्रिय भेला भ्याउनु थियो उनले । दिउँसो साढे बाह्र हवाई जहाजबाट भद्रपुर विमान स्थल ओर्लिएका लिङदेनलाई लिन पुगेका थिए वाईसिएलका एक जना कार्यकर्ता ।
चर्को घाममा दमकको वस पार्क कर्नरमा चलिरहेको क्षेत्रिय भेला उदाघाटन भैइसकेको थियो । बेला बेला उदघोषकले सभासद आगमनको जानकारी गर्राईरहदा भेलामा सहभागीको दृष्टि मञ्चपर्ुवको राजमार्ग तिरनै केन्द्रित भएको देखिन्थ्यो । हुन त सभासदको आफ्नो क्षेत्र आगमन यो पहिलो पटक भने थिएन । यस अघि चुनाव जितेर काठमाण्डौं पुगिकन पनि चार पटक सम्म उनले ओहोर दोहर गरिसकेका छन् । गृह क्षेत्र आउदा प्रयः सधै व्यस्त देखिने सभासद लिङदेन अघिल्लो पटक आफ्नो क्षेत्र अर्न्तर्गका सवै गाविस र नगरपालिकाका सवै वडामा पुग्दा सवैको एउटै आवज सुनेको बताउछन । उनी भन्छन - सकभर म सवै वडामा पुग्न चाहन्छु तैपनि भ्याउन चै मुस्किलनै हुदो रहेछ । सवैलेे भेटमा ओलिजस्तै चै पक्कै हुनुहुदैन भेनेको मात्रै सुन्नेगरेको उनका सहयोगीहरु ब्ाताउछन । जनतासँगको भेटमा उनलाई बेग्लै खुशीलाग्नका साथसाथै थेरै जिम्मेवारीको बोध हुनेगरेको बताउछन । दमक १२ की शान्त पाठकले अघिल्लो पटकको भेटमा गाँउका सडकको समस्या देखि धनिपर्ुजाको समस्याहरु खुलेर राख्न पाएकामा खुशी व्यक्त गर्छिन् । धरमपुरका नविन लिम्बु पनि चुनाव पछि मात्रै दर्ुइ पटक सम्म्ा सभासद सम्म हातमिलाउन पाएकोमा खुशी देखिन्छन ।
कसैकसैले सभासदको ओहर दोहरे खर्चिलो हुने भएकाले कम गर्नुपर्ने सुझाव राख्ने गरेको पनि सभासदले स्मरण गरे । भन्छन ओहर दोहर त महँगै छ तर त्यो भन्दा पनि जनताको माया अझै मुल्वान ठानेको छु । उनका अनुसार एक पटकको ओहर दोहरमा यातायात खर्चमात्रै दश हजारको हाराहारीमा लाग्दछ । त्यसका अक्तिरिक्त सामान्य साग भातकै दाम पनि अचेल निक्कै महँगो भएको अनुभव छ उनलाई । सरकार बाट पाउने तलब भक्ता बापतको पैतालिस हजार रुपैया रकम मध्ये काठमाण्डौको डेरा , मासिक नौहजार रुपया जतिको खाना खर्च ,मोवाईल खर्च र जनता,आफ्ना कार्यकर्ता लगायतका सँगको भेटमा हुने नियमित र स्वाभिक खर्चनै धान्न मुस्कील भएको अवस्था कतिपय र्सार्वजनिक कार्यक्रममा खुलेरै बताउने बानिछ उनको ।
No comments:
Post a Comment
प्रतिक्रिया दिन चाहने पाठकहरुलाई जरुरी सूचना...
- यहांहरुले प्रतिक्रिया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला।
- असभ्य र आपत्तिजनक शव्दहरु प्रयोग गरिएको प्रतिक्रियालाई स्थान दिइने छैन।