नेकपा माओवादीले जनसेना प्रमुखको जिम्मेवारी डेपुटी कमान्डर नन्दकिशोर पुन पासाङलाइ दिंदै अन्य नेताहरुको जिम्मेवारीमा समेत हेरफेर गरेको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा बिहान बसेको सचिवालय बैठकले जनसेनाको डेपुटी कमाण्डर रहेका पासाङ्लाई जनसेनाको जिम्मेवारी दिएपनि जनसेना प्रमुखको पद भने नदिएको बताइएको छ । यस्तै बैठकले सचिवालय सदस्य मोहन वैद्यलाई संगठन विभाग प्रमुखको जिम्मेवारी दिएको छ भने नेता पोष्टबहादुर बोगटीलाइ संसदीय फाँट हेर्ने जिम्मेवारी दिएको छ ।
बैठकपछि पार्टी प्रबक्ता कृष्णबहादुर महराले पासाङ र बैद्यलाइ जिम्मेवारी दिंदा नयाँ पद सृजना नगरिएको बताउनुभयो । सगठनब बिभाग प्रमुख बनेको बैद्यलाइ प्रचण्डको अनुपस्थितिमा सचिवालय बैठक बोलाउने अधिकार दिइएको छ । यसअघि कार्यवाहक अध्यक्षको हल्ला चलाइएका वैद्यलाई सचिवालयले केन्द्रीय समिति बैठकले अन्तिम टुङ्गो नलगाउञ्जेल अन्तरिमकालका लागि यस्तो जिम्मेवारी दिएको हो ।
त्यस्तै सचिवालय बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणका बेला कुनैपनि नयाँ विषयमा सहमति नगर्न सुझाव दिएको छ । बैठकले यसअघि भएका सहमति र सम्झौतालाई नेपालमुखी बनाउन समेत सुझाव दिएको छ । माओवादी सचिवालय सदस्य नेत्रविक्रम चन्द विप्लवका अनुसार भ्र्रमणका बेला विगतमा भएका असमान सन्धि र सहमतिलाई पुनरावलोकनको लागि पहल गर्न भनिएको छ ।

No comments:
Post a Comment
प्रतिक्रिया दिन चाहने पाठकहरुलाई जरुरी सूचना...
- यहांहरुले प्रतिक्रिया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला।
- असभ्य र आपत्तिजनक शव्दहरु प्रयोग गरिएको प्रतिक्रियालाई स्थान दिइने छैन।