Sunday, September 21, 2008

उस्तै छ त्रास

बिष्णु पौडेल
गाउँमा झगडा हुन ठूलो निहुनै चाहिदैन, गाई बस्तुले बाली खादा होस, केटा-केटीले बिगार गर्दा अथावा कुखुराले बिसकुन छरेको निहुनै किन नहोस, झगडा सुरु भैहाल्छ ।
भन्नु मात्रै सानो झगडा अधिकाशं बिषयबस्तु राष्ट्रिय स्थरकै मुद्धामा केन्द्रीत हुन्छन् । त्यो पनि भूमी सम्बन्धीको, गौरादका खास गरि तीन र चार नम्बर वडामा रहेका २० जना जग्गा धनि र उनिहरुका जोताहा -मोही हकवाला) बिचको यो समस्या देश भरकै ठाउँ-ठाउँमा जरा गाडेर रहेको समस्या हो ।
गौरादमा यो समस्या सिर्जीएको झण्डै एक कोरी वर्षनागेको छ । तर समस्याले चर्को रुप लिएको भने माओवादी जनयुद्धले उचाई लिएपछि मात्रै हो । यो विषयको बिवादमा उत्प्रेरकको भूमीकामा माओवादीको स्थानिय नेतृत्व रहेको जग्गा धनि मध्येका वडा नम्बर तीनका रत्न बहादुर श्रेष्टको आरोप रहेको छ । २०४२ सालमा सरकारबाट खटिआएको नापी टोलीले जोत भेगको आधारमा जोताहाहरुले पनि हक पाउनेगरि मोही हक कायम गरि दिएको थियो । त्यस बेलका सोझा सिधा आदीवासी समुदायका ती जोताहाहरुलाई झुक्याएर जमिनदारहरुले धमाधम मोही हक लगत कट्टा गरेको कारण यो समस्याले पनि चर्को रुप लिएको जानकारहरु बतोछन् । तर जग्गा धनिहरु म्ाोही हकवालाले आ-आफुले पाउने जमिनको मोल बराबरको नगद तथा जिन्सी लगि सकेको दावी गर्दछन् । यी दर्ुइ पक्ष बिचको बिवाद दिन प्रति दिन सुल्झने दिशा तर्फभन्दा झन चर्कने दिशामा गइरहेको छ । २०५७/५८ सम्म केही कुरानै थिएन गाउँमा प्रहरी इकाइहरु नभए पछि जो सुकैका जग्गामा टहरा हालेर बस्न थाले अर्का जग्गा धनि गणेश श्रेष्टले भने । जग्गा ओगट्ने पक्षले आफ्नो अधिकार लिएको भन्ने जग्गा धनि भने माओवादीका कारण पिडित भएको भन्ने । यी दर्ुइ परस्पर बिरोधी कुराले बेला बखत जुसुकै निहुमा झैझगडा र बादविवादमा बहसको बिषय मात्रै बनाएका छैनन् बेला-बेला सडक नै तताएका छन तर समस्याको गाठो भने अझै फुकेको छैन । साना तिान निहुमा पनि कतै ठूलै मारपिट होलाकी भन्ने पिर जमिनदार र त्यहा बसोबास गर्ने जोताहा बिच छदै छ । साझ परेपछि हामि ठूला साना सबैको बाहिरी हिड्डुल नै बन्द हुन्छ जग्गा धनि गरिवार मध्येकी एक वृद्धाले पंतीकार संग भनिन् ।
कंग्रेसका क्षेत्रिय सभापक्ति समेत रहेका जग्गा धनि मध्येकै सिया राम राजवंशी र माओवाद्यी र्समर्थीत सुकुम्बासीहरु बिचको बिबादले चर्को रुप लिएको पछि पर्ूव पश्चिम राजमार्गको दमक खण्डमा ५ दिन सम्म यातायातनै अवस्द्ध बनेको थियो । कुटपिटमा संलग्न भएको आरोप लगाउदै पाचँ जनालाई शसस्त्र प्रहरीले खेतमा काम गरिरहेको बेलानै लछार पछार गर्दै नियन्त्रणमा लिए पछि सो घटना भएको हो ।
सुकुम्बासी हरुको मुद्धालाई नजिकै बाट हेरेको माओवादीको जनवर्गी संगठनको नेतृत्वमा प्रहरी द्धारा पक्राउ गरिएका गोपाल मिजार, साबिाात्रा मिजा, कलुवा ताजपूरीया लगायतका व्याक्तिको रिहाको माग गर्दै भएको चक्का जाम खुलाउन जिल्ला स्तरमै राजनैतिक दल र प्रसाशन बिच बसेको र्सवदलिय बैठकले तत्कालीन निकास निकाले पनि समस्याको चुरो भने उस्तै छ । अखिल नेपाल सुकुम्बासी संघका केन्द्रीय सदस्य तथा जिल्ला अध्यक्ष ज्ञानेन्द्र गौतम -कविराज) संविधान सभामा एमालेको तर्फाट क्षेत्र नं.६ बाट बिजयी सभासद दिपक कार्की गौराद गाविसका पर्ूव अध्यक्ष हुदा अधिकाशं मोही हकवालको हक खोसीएको आरोप लगाउँछन् । तत्कालीन शासकका आडमा कर्मचारीलाई समेत घुसँ खुवाएर कागजि रुपमा हकवालाले आफ्नो हिस्सा लिइसकेको बनाएको सम्बद्ध सुकुम्बासीहरु ब्ताउछन् । एक सुकुम्बासीले भने हामी त पढ्न पनि जान्दैनौ खै कति बेला झुक्याएकछन् ।
प्रचलित ऐन अनुसार जमिनदारले मोही लगत कट्टा गरि पाउँ भनि सम्बन्धीत मालपोत कार्यालयमा निवेदन दिएपछी कार्यालयले संम्बन्धीत गाविसलाई हक दावि संम्बन्धी ३५ दिने सुचना प्रकासीत गर्न लगाउदथयो । सुकुम्बासीहरु ३५ दिने सुचनानै प्रकासीत नगरि गाविसले मोही लगत कट्टाको सिफरीस गरेको दावी गर्छन् ।
यी दर्ुइ पक्ष बिचको बिवाद माओवादी नेतृत्वको वर्तमा सरकारले न्योचित ढंगबाट सुल्झानेमा दुबै पक्ष आशावादी छन् ।

No comments:

Post a Comment

प्रतिक्रिया दिन चाहने पाठकहरुलाई जरुरी सूचना...
- यहांहरुले प्रतिक्रिया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला।
- असभ्य र आपत्तिजनक शव्दहरु प्रयोग गरिएको प्रतिक्रियालाई स्थान दिइने छैन।