Monday, September 22, 2008

ट्याक्टर सहित ४ पक्राउ

अबैध काठ ओसार पसारमा संलग्न चार जनालाई एक थान ट्क्टर र काठ सहित प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा झापा कोहभराका राम कुमार कोइरी, बिनोद श्रेष्ठ, दर्ुगा जोगी र होम प्रसाद पौड्ल रहेका छन । उनिहरुलाई सनिवार राती हंसे दुम्से सामुदायीक बनको चोरीका काठ भारत निकासीका लागि लैजाने क्रममा माहारानीझोडाको पीपल चोक बाट इलाका प्रहरीका कार्यालय दमकको टोलीले पक्राउ गरको हो । सो काठ तस्करका मुख्य अभियुक्त राजन थापा भने फरार रहेको बताइएको छ । बरामद ३५ क्यूविट परिमाणमाणको सखुवाको चिरानी काठ र ओसार पसारमा प्रयोग गरिएको क १ त १३५४ नम्बरको ट्याक्टर जिल्ला वन कार्यालय झापामा बुझाइएको प्रहरी निरिक्षयक गोविन्द राज काफ्लेले बताउनु भएको छ ।

No comments:

Post a Comment

प्रतिक्रिया दिन चाहने पाठकहरुलाई जरुरी सूचना...
- यहांहरुले प्रतिक्रिया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला।
- असभ्य र आपत्तिजनक शव्दहरु प्रयोग गरिएको प्रतिक्रियालाई स्थान दिइने छैन।