Tuesday, September 23, 2008

बजेटले जनयुद्ध र जनआन्दोलनको भावनालाई सम्बोधन गरेको छ

नेकपा माओवादीका केन्द्रीय सदस्य हरिबोल गजुरेल -सितलकुमार)ले नयाँ बजेटले जनयुद्ध र जनआन्दोलनको भावनालाई सम्बोधन गरेको बताउनु भएको छ ।
सामाजीक न्यायको लागी सञ्चार समुह नेपालले मंगलबार दमकमा आयोजना गरको साक्षत्कार कार्यक्रममा बोल्दै जनयुद्ध र जनआन्दोलनमा निम्न वर्ग र मध्यम वर्गको अत्यान्तै ठूलो भुमिका रहेको कारण उनिहरुको आकंक्षलाई सम्बोधन गर्ने गरि बजेट ल्याइएको बताउनु भयो ।
वहाँले २००ठ सालमा भएको क्रान्तिमा योगदान पुर्‍याउने नेपनली जनताको भावना विपरित सरकार सञ्चालन भएको कारण वी.पी कोइराला जेल बस्नु परेको दृष्टान्त प्रस्तुत गर्दै नेकपा माओवादीले नयाँ मोडेलको क्रान्ति सुरु गरेको हुनाले पारित बजेट सहजै सफल हुने समेत दावी गर्नु भएको थियो । यसै बिषयमा सञ्चारकर्मीहरुले राखेको जिज्ञासामा वहाँले अव सरकारले राजस्व चुहावट रोक्न ठूलो संयन्त्र परिचालन गरेरै भए पनि बजेटलाई पर्ूण्ा रपमा कार्यन्वयन गरेरै छाड्ने प्रतिवद्धता समेत वयक्त गर्नु भएको थियो । साथै केही तत्वहरुले पारित बजेटलाई महत्वकाक्षी बजेटको आरोलगाईरहेको कारण त्यो हिजको यथास्थितिवादी सोचहरुलाई छाडेर नयाँ अग्रगामि सोचाइ लिन समेत आग्रह गर्नु भएको थियो ।
कार्यक्रम आयोजक संस्थाका अध्यक्ष बिष्णु सुब्बाको सभापतित्व र माहासचिव गोपाल झापालीको सञ्चालनमा सम्पन्न भएको थियो ।



No comments:

Post a Comment

प्रतिक्रिया दिन चाहने पाठकहरुलाई जरुरी सूचना...
- यहांहरुले प्रतिक्रिया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला।
- असभ्य र आपत्तिजनक शव्दहरु प्रयोग गरिएको प्रतिक्रियालाई स्थान दिइने छैन।