Friday, September 26, 2008

लिम्बूवानमा आधारित चलचित्र सो सम्पन्न


लिम्बू रितिवाज र सस्कृतिमा आधारि नेपाली कथानक चलचित्र सेसुङको झापाको दमकमा च्यारिटी सो सम्पन्न भएको छ ।
दमकबाट प्रकासित हुदै आएको साझा लिम्बूवान साप्ताहिकको आयोजना गरिएको उक्त सो बिगत ३० वर्षभन्दा अगाडीको लिम्बूवानबासीहरुमा भएको रितिरिवाजमा आधारित तथा विश्व आदीवासी चलचित्र महोत्सव २००८ मा उत्कसष्ट दिर्घ दर्शकको अवाड पाउन सफल चलचित्र हो । चलचित्र मौसम इम्बुङको लेखन तथा निर्देश नबनेको चलचित्र हो । भने निमार्ताको रुपमा भिम आङबुहाङ, युग कुमारी लिम्बू, बिमला बाखिम, र्सुय केरुङ, शशि चेम्जोङ, प्रमिला मेन्याङबो र नाङजोङ हाङस्रोङ लगायतको रहनु भएको छ ।
चलचित्रमा २००९ साल देखि २०२१ साल सम्मको इतिहासलाई समेटिएको पाइन्छ । खास गरेर राजा पृथ्वीनारायण शाह र लिम्बूवानबासीहरु संग भएको अरुण पर्ूवका ९ ओटा जिल्लाहरु पर्ूवका लिम्बूहरुको पर्ूण्ारुपमा अधिकार हुने जस्ता सम्झौता भए प्रस्चात यी नौ जिल्लाका अर्थात लिम्बूवानबासीहरुले आफ्नै तरिकाले राज्य चलाईरहेका अवस्थामा राजा महेन्द्रको पालमा यानिकी २०२१ सालमा भूमी सुधार ऐन लागु गरि लम्बूवाहरुले पाएको किपट लाई खोस्ने काम गरिएको इतिहासलाई मुख्य रुपमा देखाउन खोजीएको छ ।
संघिय लिम्बूवान राज्य परिसलका केन्द्रीय अध्यक्ष कुमार लिङदेको प्रमुख अतिथ्यमा सम्पन्न उक्त सोको अवसर पारेर एक समारोह माझ साझा लिम्बूवान परिवारले पर्ूवाञ्चल रहेर कला, साहित्य, समाजिक कार्य लगायत विभिन्न क्षेत्रमा योगदान पुर्‍उनुहुने व्यक्तिरुलाई समेत सम्मानित गरिएको छ ।
यसरि सम्मानित हुनेहरुमा वरिष्ठ लोक गायक एल.पी जोसी, उत्कृष्ट समाजसेवी हरि बहादुर र्राई, युवा समाजसेवी तथा व्यापारी घनद्र योङया, गणेश अधिकारी, धिमाल जाती बिकास संस्थमा रहेर समाज सेवामा सेवारत राम बहादुर धिमाल, ताजपूरीया समाजका नित्यानन्द ताजपूरीया र दमकमा पहिलोपटक केवल सञ्चालन गर्ने ध्रुव न्यौपाने, लगायत रहनु भएको छ ।
कार्यक्रम साझा लिम्बूवानका प्रधान सम्पादक सुरेनद्र निङदेकुको सभापतितव र पत्रिकाकै प्रकाशक लोकसागर साम्बाको सञ्चालनमा सम्पन्न भएको थियो ।

No comments:

Post a Comment

प्रतिक्रिया दिन चाहने पाठकहरुलाई जरुरी सूचना...
- यहांहरुले प्रतिक्रिया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला।
- असभ्य र आपत्तिजनक शव्दहरु प्रयोग गरिएको प्रतिक्रियालाई स्थान दिइने छैन।