Friday, September 12, 2008

२ वर्षदेखि सुत्केरी नै छैनन्


दमक स्थित सरकारी स्वास्थ्य चौकीमा दर्ुइ वर्षयता कसैले पनि प्रसुति गराएका छैनन् ।
गएका २ वार्षदेखि सरकारले स्वास्थ्य सेवामा र्सवसाधारणको पहुज बढाउनका लागी सुत्केरीहरुलाई बाटोको दुरी हेरी ५ सय रुपैया देखि १ हजार पाचँ रुपैया सम्म सुतकेरी बाटो खर्च वापत रकम दिने व्यबस्था गरेपनि सो सुबिधा कसैले पनि उपयोग नगरेको तथ्याङ्कले देखाएको छ । संस्थाका प्रमुख दर्ुगादक्त गुरुङ भन्छन् दर्ुइ वर्षदेखि यो सेवा उपलब्ध भएको हो तर अहिले सम्म कसैले पनि यसको उपभोग गरेनन् । उनका अनुसार सुत्केरी हुन अघि र भैसकेपछि आवश्यक पर्ने औषधी लिन प्रत्येक महिना सरदर ८५ जना महिला आने गरेका छन् । उनिहरु मध्ये कसैलेपनि सो संस्थामा सुरक्षित सुत्केरी गराउनेमा विश्वास गर्दैनन् । सरकाले नीती मात्र ल्याएको तर त्यसको कार्यन्वनका लागी कुनै उपाय नअपनाएका कारण र्सवसाधारण सुबिधा लिन बाट बन्चित हुने गरेको उनको भनाई छ । दक्ष जनशक्ति आवश्यक स्रोतसाधनको पहुच राम्रो नभएका कारण त्यहा सुत्केरी गराउन कोही नआएको हुन सक्कने स्वास्थ्यकर्मीहरुको अनुमान छ । सरकारी स्वास्थ्य संस्थामा विश्वासिलो् र भरपर्दो सेवा नभएको कारण र्सवसाधारणको आकर्षा घटेको स्वास्थ्यकर्मी नरेन्द्र भट्टर्राईको बिश्लेशण छ ।

No comments:

Post a Comment

प्रतिक्रिया दिन चाहने पाठकहरुलाई जरुरी सूचना...
- यहांहरुले प्रतिक्रिया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला।
- असभ्य र आपत्तिजनक शव्दहरु प्रयोग गरिएको प्रतिक्रियालाई स्थान दिइने छैन।