Monday, September 22, 2008

बल्ल यातायात सुचारु भयो र्सवसाधारण खुःसी

विगत लामो समयदेखि अवरुद्ध अवस्थामा रहेको यातायात सुचारु हुदा पस्चिमि इलाम र पर्ूर्वी पान्थरका हजारौ र्सवसाधारणहरुमा हर्षछाउन पुगेको छ ।
झापाको दमक देखि पान्थरको रवी बजार जोड्ने करिव ६५ किलो मिटर लामो दुरीको फल्गुनन्द लोकमार्गको ५० प्रतिसत मार्ग रतुवा खोलाको बगर हुदै जाने भएको कारण जव हरेक वर्षो वषर्यम संगै खोलामा बाढी आउछ त्यही बाढीले बाटो बगाएर लैजाने भएको कारणले गर्दा अगाडीको वर्षजस्तै यो वर्षपनि जेठ महिनामानै खोलाले बाटो बगाएको थियो । यसरि खोलाले बाटो बगाए कारण यस मार्ग हुदै दैनिक रुपमा चल्ने गरेको १२ देखि १५ ओटा सम्म ट्याक्सी र ९-१० ओटा ट्याक्टरहरु पर्ण रुपमा बन्द भएको थियो ।
बाटो बन्द हुदा बिषेश गरि पान्थरको कुरुम्बा र रवी तथा इलामको बाझो, इभाङर र गजुरमुखी गाविसहरु साथै आसपासका अन्य दर्जनौ गाविसहरुको हजारौ र्सवसाधारण अत्यान्तै मारमा परेका थिए । यसरि बाटो अवरुद्ध हुदा वर्षोनी लाखौ रुपैया बराबरको नोक्सानीमा पर्न बाध्य बनेका छन यहाँका र्सवसाधारण जनताहरु ।
इलामलाई ८ ओटा अ ले चिइको जिल्ला होा यस्तै अहरुमा यी गाविसहरुमा पनि केही अहरु अत्यान्तै राम्रो रुपमा उत्पादन हुने गर्दछ । जस्तै अलैचि, अम्लीसो,अदुवा,ओलन र अकबरे हुन । यस क्षेत्रको मुख्य आर्थिक स्रोतहरु पनि यीनै हुत यसरि बाटो बन्द हुदा यहाँक कृषकहरुले वर्षयाममा उत्पादन गरेको हजारौ मुल्य बराबरको तरकारी नभै सदै कुहीएरै नष्ट हुने गर्दछ भने वषर्को समयममानै उत्पादन हुने अलैचि जस्तो महुमुल्य बस्तु भने गोदाममा नै थन्किने अवस्था छ साथै उस क्षेत्रमा अत्यान्तै बढी मात्रामा उतपादन हुने दुध भने साधारण मही र दहि मानै समति राख्नु पर्ने यस क्षेत्रबा वासीहरुको दर्भाज्ञको कुरा हो । यो एउटा देःलाग्दो कुरा हो भने अर्को झनै दुःख लाग्दो कुरा भनै यस क्षेत्रका र्सवसाधारण जनताहरुको गेाजिमा पैसा भए पनि वषर्ाको समयमा खरिद गरेका आफुले चाहेको दैनिक उपभोग्य सामाग्री पनि खरिद गरेर गपभोग गर्न नपाउने अवस्था रहेका छ । कारण वषर्ाको समयमा यो सडक खण्ब बन्द हुनु हो भने अर्को कारण बितामोड देखि राके जोड्ने सडक खण्ड करिव दोव्वर नै लोमो छ दोव्वर लामो बाटो बाटा खरिद गरिएको सामाग्रीको मुल्य पनि दोव्वर नै हुने भएकोले र्सवसाधारणले देव्वर मुल्य तिरेर खरिद गर्न नमान्ने भएको कारण यी क्षेत्रहरुको मुख्य बजारको रुपमा हवस्थित रवी, चिसोपानी पञ्चमी, हुलाक, रक्से लगायतका बजारका व्यापारीहरुले मानानै खरिद गर्ने गर्देनन् यो पनि हो यस क्षेत्रको मुख्य समस्या । यसै बिषयमा रक्सेका व्यापारि सोम र्राई भन्नुहुन्छ । कसरि दोकान चलाउनु सामानको मुल्या दोव्वर हुन्छ र्सवसाधारणले यो मुल्य स्वीकार्य हुदैन् । यो त सम्पर्ण जनताको समस्या हो भने अर्को ठूलै समस्या भनेको यस क्षेत्रका बिद्यार्थीहरुको हो यस क्षेत्रका बिद्यार्थीहरुले जव माध्यामिक तह सम्मका अध्यायन पुरा गर्दछन तव त्यो गाउँ छाडे सदरकुकाम तथा अन्यतै जानु पर्ने वाध्याता पनि रहेको छ । कारण यी वाविसहरुमा कुनै पनि उच्च शिक्षा हासिल गर्नको लागी उच्च मावि तथा क्याम्पसहरु छैनन् त्यसैले अन्यत जानु पर्ने अवस्था हो । तर यहाँका बिद्यार्थीहरुमा ठूलै समस्या रहेको पाउन सकिन्छ किनकी सदरमुकाम पढ्न जाउ भने सदरकुकाम पुग्नको लागि मात्रै दुइ हिडेर जानु पर्छ, तर भने यी सम्पर्ण गासिवसहरुको अत्यान्तै नजिकको शिक्षा हासिल गर्ने स्थान भनेको झापाको दमक बजार नै हो तर यसरि वषर्को समयमा यातायात अवरुद्ध हुदा बिद्यार्थीहरु झनै मारमा पर्ने गर्दछन् किनकी कोठमा चामल सकिदा किनेर खाने रुपैया सकिदा समेत घर जान सक्ने अवस्था हुदै कारण खोला ठूलो हुनु र यातायात सुचारु नहुनु हो ।
यसरी मारमा परिरहेका र्सवसाधारणहरु जव हिउद महिना सुरु हुन्छ तव थोरै राहत मिलेको अनुभुति गर्दछ । किनकी हिउद महिना सुरु भए पछी आफुले उतपादन गरेका उत्पादनहरुलाई बजार सम्म लैजान पाउने र आफ्नो आवश्यक खर्च र्टार्न सहयोग हुने भएकोले । जव खोलामा पानि कमि हुन्छ तव यातायातका साधनहरु सहजै रुपमा सञ्चालनमा आउछ भन्ने कुरा यहाँ सबै जाताहरुलाई थाहाँ छ । र दमक क्षेत्रमा अध्यायनको लागि रहेका हजारौ बिद्यार्थीहरु भने झनै खुःसीले गदगदिन्छ किनकी उनिहरु सहजै रपमा घर जान र आउन पाउदछन् । यसरिनै यो वर्षपनि नेपालीहरुको महान चाड बडाँ दशै जजिकीदै जादाँ यस बाटो सुचारु हुदा झनै यी क्षेत्रका वासिन्दाहरु खुःसी भएको पाईन्छ ।
यसरि विभिन्न प्रकारका समस्यामा यहाँका जनता गुज्रीरहदा हालै मात्र प्रस्तुत गरिएको वाषर्ीक बजेटमा यो मार्गको लागी भने केही रकम सरकारले नछुटाउदा यहाँ र्सवसाधारण जनता दुःखीत पनि भएका छ ।

No comments:

Post a Comment

प्रतिक्रिया दिन चाहने पाठकहरुलाई जरुरी सूचना...
- यहांहरुले प्रतिक्रिया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला।
- असभ्य र आपत्तिजनक शव्दहरु प्रयोग गरिएको प्रतिक्रियालाई स्थान दिइने छैन।