Sunday, September 14, 2008

च्ाार दिन पछि शरणर्थीले ज्ञापन-पत्र बुझाए

च्ाार दिन लामाु प्रयास पछि भुटानी शरणार्थी अगुवाहरुले नेकपा माओवादीका बिदेश बिभाग प्र्रमुख सी.पी गजुरेल मार्फ प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डलाई ज्ञापन-पत्र बुझाएका छन ।
ग्ात बुधबार झापाबाट नेस्नल फ्रन्ट फर डेमोक्रेसीका अध्यक्ष बलराम पौडेल सहित ज्ञापन-पत्र बुझउन काठमाण्डौ पुगेको एक टोलीले आइतबार नेता गजुरेल संग भेट गरि ज्ञापन-पत्र बुझाएको हो । ज्ञापन-पत्रमा शरणर्थी समस्या समाधानका लागि भारतको भुमिका महत्वपर्ूण्ा हुने भएकाले प्रधानमन्त्रीको आइतबारबाट हुने भारत भ्रमणको क्रममा सो मुद्धा प्रथामिकताकासाथ उर्ठाई दिन आग्रह गरिएको छ । प्रधानमन्त्री दाहालाइनै भेट्ने उनिहरुको इच्छा भए पनि प्रधानमन्त्रीको भारत भ्रमण अघिको व्यसतताका कारण भेट गर्न नसकिएको नेता पौडेलले जानकारी दिए ।
बिगत २० वर्षअघि भुटानमा भएको प्रजातान्त्रिक आन्दोलनको क्रममा त्यहोका सासकबाट खेदिन पुगेका भुटानी नागरिकहरुले त्यस एता पटक-पटक स्वदेश फिर्ती अभियानमा सहयोग पुर्‍याउन नेपाल सरकारलाई आग्रह गर्दै आएका छ । समस्या समाधानमा भारत सदै तगारो बन्ने गरेको उनिहरुको गुनासो रहेको छ । उनिहरुको आन्दोलनमा र्समर्थन जनाउदै आएका नेकपा माओवादीको नेतृत्वमा रहेको वर्तमान सरकारले समस्या समाधानमा उचित पहल गर्ने शरणर्थीहरुले आशा गरेका छन ।

No comments:

Post a Comment

प्रतिक्रिया दिन चाहने पाठकहरुलाई जरुरी सूचना...
- यहांहरुले प्रतिक्रिया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला।
- असभ्य र आपत्तिजनक शव्दहरु प्रयोग गरिएको प्रतिक्रियालाई स्थान दिइने छैन।