अर्थमन्त्री डा बाबुराम भट्टर्राईले प्रधानमन्त्री प्रचण्डको भोलिदेखि हुने भारत भ्रमणले नेपाल र भारतको सम्बन्ध अझ सुदृढ एवम् मजबुत हुने बताउनुभएको छ ।
मन्त्री डा भट्टर्राईले मध्यपुर थिमीको बोडेमा आज सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रधानमन्त्रीको भारत भ्रमणले विगतका तिक्तता र असमानताको अन्त्य हुने स्पष्ट पार्नुभयो ।
सञ्चारकर्मीहरूको जिज्ञासामा उहाँले प्रधानमन्त्री भारतसँग केही मागेर ल्याउन नगएको बताउँदै मागेर ल्याउने परम्पराको अन्त्य हुनुपर्नेमा जोड दिनुभयो । प्रधानमन्त्रीको भारत भ्रमणले सन् १९५० को सन्धिमात्र नभई असमान रहेका अन्य सबै सन्धिको पुनरावलोकन गर्न पहल गर्ने र भ्रमण सौहार्दपूर्ण हुने उहाँले बताउनुभयो ।अर्थमन्त्री डा.भट्टर्राईले समानताका आधारमा सबै राष्ट्रसँग सम्बन्ध विस्तार एवम् सुदृढ गर्दै लैजाने बताउँदै प्रधानमन्त्रीको भ्रमणलाई लिएर नकारात्मक टीकाटिप्पणी गर्न नहुने धारणा राख्नुभयो । चालु आर्थिक वर्षको बजेट तयारीको अन्तिम चरणमा पुगेको बताउँदै अर्थमन्त्रीले प्रधानमन्त्री भारत भ्रमणबाट फर्किएलगत्तै चालु आर्थिक वर्षको बजेट प्रस्तुत गरिने जानकारी दिनुभयो ।
बजेटले छोटो अवधिमा उच्चस्तरको आर्थिक वृद्धिदर हासिल गर्ने लक्ष्य राख्ने, बजेट बिल्कुलै नयाँ स्वरूपको आउने र सबै कर्मचारीलाई राहत मिल्ने गरी तलब बढ्ने उहाँले बताउनुभयो ।
Sunday, September 14, 2008
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment
प्रतिक्रिया दिन चाहने पाठकहरुलाई जरुरी सूचना...
- यहांहरुले प्रतिक्रिया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला।
- असभ्य र आपत्तिजनक शव्दहरु प्रयोग गरिएको प्रतिक्रियालाई स्थान दिइने छैन।