Friday, September 12, 2008

तिमि बुझदैनौ

तिमि बुझदैनौ
हजो जस्तै
आज पनि बस्ति भरि
भोक र रोगले ग्रस्त चिसा शासकहरु
हिजो जस्तै
आज पनि शहर भरि
बहुराष्ट्रिय शिकारीद्धारा प्रायोजित लासहरु छन्
म भन्छु
हिजो जस्तै
आज पनि मुलुकभरि
क्रान्ति र मुक्तिका गगनभेदी आवाजहरु छन्
गाठी कुरा भेटीएकै छैन
मनको धोको मेटीएकै छैन्
भो, नबिसाउँ संदिग्ध चौतारीमा शहीदका अस्तुहरु
तिमी भन्छौ
दुनिया फेरिएर के भैसक्यो
मान्छे, तिमी कुरा बुझदैनौ ।

पोहोर जस्तै
यसपाली पनि
आकाशको रंङ्ग बदलिएको मात्र हो
पानी परेको होइन
धूलो मरेको होइन
म भन्छु
बाली पाकेको कुरा गर्दै नगर
पोहोर पस्तै
यसपाली पनि
डाँठहरुको टुप्पामा फुल फुलेको मात्र हो
वास्ना चलेको होइन
म भन्छु
भकारी बाँध्ने कुरा गर्दै नगर
तिमि भन्छौ
मैले बुझि सकेको छु परिर्वतन
साथी तिमि कुरा बुझदैनौ ।


उ जस्तै
हामी पनि
विसौनी भन्दा लामो-लामो दूरीमा छौ
ऊ भन्दा
हामी अझ
अप्ठ्यारो पहाडको धुरीमा छौ
कसरी यो हठात् मैदान भयो -
जारी हुनर्ुपर्छ पहाड नाघ्ने खालको सपना
चलिरहनु पर्छ आकाश छुने हाम्रो जपना
यो पहाड म नाघ्नै चाहन्छु
तिमी भन्छौ
पहाड दर्ुलंघ्य भइसक्यो
घुमी-घुमी यसलाई झुकाउनर्ुपर्छ
नयाँ शताब्दीमा हामी सवै यस्तै हुनर्ुपर्छ
सूत्र घोकेर कहाँ हुन्छ -
साथी तिमी कुरा बुझ्दैनौ ।

एक्काइसौ शताब्दीको यो मिर्मिरे विहानीमा
मेरो टाउको घुमीरहेछ
म कुरा बुझ्दीन कि
मेरो साथी कुरा बुझ्दैनौ -

No comments:

Post a Comment

प्रतिक्रिया दिन चाहने पाठकहरुलाई जरुरी सूचना...
- यहांहरुले प्रतिक्रिया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला।
- असभ्य र आपत्तिजनक शव्दहरु प्रयोग गरिएको प्रतिक्रियालाई स्थान दिइने छैन।