उपप्रधान तथा परराष्ट्र मन्त्री उपेन्द्र यादवले भूटानसँग शरणार्थी मामिलामा निर्णायक वार्ता गर्ने बताएका छन् ।केही साता अघि भारतको राजधानी नयाँ दिल्लीमा भूटानी नेताहरुसँगको छलफलमा उपप्रधान मन्त्री यादवले त्यस्तो भनाई राखेका हुन् ।विमस्टेकको उपक्षेत्रीय बैठकमा भाग लिन पुगेका यादवले भूटानी विदेश मन्त्रीसँग त्यस्तो भनाइ राखेका थिए । यादवसँग भेटेर फर्किएर भुटानी नेता एस वी सुव्वाले यादवलाई उदृत गर्दै भने - तर भूटानले शरणार्थी मुद्दालाई पन्छाएर नेपाल-भूटानबिचको मित्रता मजवुत बनाउन वार्ता गरौं भन्ने प्रस्ताव पो ल्याएको रहेछ ।भूटानी शरणार्थी समस्या समाधानका लागि यस अघि १५ पटक असफल वार्ता भए । ती वार्तामा भूटान गैर जिम्मेवार र पूर्वाग्रहका साथ प्रस्तुत हुने गरेका कारण समस्याले निकास नपाएको शरणार्थीको बुझाई छ । सन् २००३ मा खुदुनाबारी शिविरमा भुटानी टोली र शरणार्थी विच असहज स्थिति उत्पन्न भएपछि नेपाल भूटानबीचको वार्ता स्थगित रहँदै आएको छ ।
Friday, September 12, 2008
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment
प्रतिक्रिया दिन चाहने पाठकहरुलाई जरुरी सूचना...
- यहांहरुले प्रतिक्रिया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला।
- असभ्य र आपत्तिजनक शव्दहरु प्रयोग गरिएको प्रतिक्रियालाई स्थान दिइने छैन।