Friday, September 12, 2008

नेपाल सरकारको ध्यानाकर्षण

भुटान मानव अधिकार संगठनले भुटानी शरणार्थीको समस्या समाधान गर्न भारतको संलग्नताका लागि नेपाल सरकारको ध्यानाकर्षण गरेको छ ।आज नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाललाई अपिल पर्ठाई संगठनले शरणार्थीको स्वदेश फिर्ती भारतको सहभागिता विना असंम्भव रहेको दाबी गरेको छ ।अध्यक्ष एसबी सुब्बाले पठाउनु भएको अपिलमा अमेरिका लगायतका मुलुकमा शरणार्थीको पुनर्वास शुरु भएपनि स्वदेश र्फकन चाहनेको आत्मसम्मानको रक्षा गर्दै उनीहरुलाई भुटान फर्काइनु पर्ने माग गरिएको छ । यस्का लागि भारत, नेपाल र भुटानको त्रिपक्षिय वार्ता हुनुपर्ने अपिलमा उल्लेख छ ।हालसम्म करिव चार हजार भुटानी शरणार्थी पुर्नवासको लागि तेस्रो मुलुक गएका छन् ।

No comments:

Post a Comment

प्रतिक्रिया दिन चाहने पाठकहरुलाई जरुरी सूचना...
- यहांहरुले प्रतिक्रिया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला।
- असभ्य र आपत्तिजनक शव्दहरु प्रयोग गरिएको प्रतिक्रियालाई स्थान दिइने छैन।