अन्तराष्ट्रिय आप्रवास संस्था -आइओएम)को दमक स्थित कार्यालयले अधिक मात्रामा बिद्युत खपत गरेपछि कार्यालय आसपासका क्षेत्रहरुमा बिद्युत अपुग हुन थालेको छ ।
गएको एक महिना यता सो कार्यालयले खपत गर्ने गरेको बिद्युतको मात्रा एकासी बढाएपछि त्यहाँ रहेको ५० वाट क्ष्यमताको ट्रन्र्सर्फरले सेेवा धान्न नसकेको हो । स्थानिय गणेश चाम्लीङका अनुसार दमको वडा नं. ३ र ५का १ सय ५० घरमा बिजुली बल्नै छाडेको छ । स्थानिय उपभोक्ताले सो सम्स्या बारे बिद्युत प्रधिकरण दमक शाखालाई बाराम्बार अवगत गराउदा पनि प्रधिकरणले सुनुवाई नगरेको जन गुनासो रहेको छ । यता बिद्युत प्राधिकरणले भने बिद्युत बिक्रि गर्नु आफ्नो व्यापार भएकोले कसैलाइपनि खपत गर्न बाट बञ्चित गर्न नहुने बताउदै आएको छ ।
विगत १८ वर्षदेखि भुटानबाट लखेटिएर शरणर्थीको रुपमा झापाको दमक स्थित बेलडागीमा बस्दै आएका भुटानी नागरिकहरुका कारण प्रभावित बन्दै आएका त्यस क्षेत्रका र्सवसाधारण शरणार्थीहरुलाई पर्ुनवास गराउने नाममा स्थापना भएको आइओएमको कारण थप मारमा परेका हुन ।
गत चैतमा स्थानियवासीले आइओएम स्थापनाका कारण आफुहरु मारमा परेको जनाउदै कार्यालय हटाउन माग गरि विभिन्न निकायहरुमा ज्ञापन-पत्र समेत बुझाएका थिए । पछिल्लोपटक उनिहरुले युएनएचसिआर, आइओएम, शरणार्थी समन्वय इकाइ, स्थानिय प्रसाशन लगायतका १५ ओटा निकायमा पुन स्मरण पत्र बुझउदै आइओएमका कारण सडक भत्किनका साथै वरपरको वातावरण समेत प्रभावित भएकोले समस्या समाधानमा चासो दिन आग्रह गरेका थिए । उनिहरुले आइओएमका सवारीसाधनहरु गुडेका कारण भत्किएको सडक तत्कालै मर्मत नगरिए आउदो कार्तिक महिनादेखि आइओएमाका कुनैपनि सवारीसाधन गुड्न नदिने चेतावनी दिएका छन ।

No comments:
Post a Comment
प्रतिक्रिया दिन चाहने पाठकहरुलाई जरुरी सूचना...
- यहांहरुले प्रतिक्रिया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला।
- असभ्य र आपत्तिजनक शव्दहरु प्रयोग गरिएको प्रतिक्रियालाई स्थान दिइने छैन।