Wednesday, October 1, 2008

बिद्युत चुहावट रोक्न रात्रि गस्ति

दमक-च्ााड पर्व नजिकिदै जादाँ बिद्युत प्रधिकरणले बिद्युत चुहावट रोक्न रात्रि गस्ति सुरु गरेको छ ।
दशै तिहार जस्ता ठूला चाडहरुमा विलासिताका लागि बढी बिद्युत खपत गर्नु पर्ने हुदाँ उपभोक्ताले अवैधानिक तवरबाट उपभोग गर्ने भएको कारण त्यस प्रकारको गस्ति गर्न सुरु गरिएको हो । प्रधिकरणको दमक शाखाले बढी बिद्युत चुहावट हुने क्षेत्रहरुमा उपभोक्त समितिहरु गठन गरि समिति र प्रधिकरणका कार्मचारीले संयुक्तरुपमा छड्के जाच गर्ने गरेको प्रधिकरण स्रोतले जनाएको छ । छड्के जाचमा दोसी भेटिएको उपभोक्तालाई कालो सुचिमा राखि नियम अनुसार कारवाइ चलाइने बताइएको छ ।
प्रधिकरणको दमक शाखामा उपलव्ध तथ्याङ्क अनुसार द्धुन्दको समयमा झापाका शिवगञ्ज, पाचगा5mि बैगुन्धुरा, माहाभारा कोरोवारी, तोपगाछी लगायतका गाविसहरु र मोरङको टाँडी, मधुमल्ला, राजघाट लगायतका ठाउहरुमा अधिक मात्रामा बिद्युत चुहावट हुने गरेको देखिएको छ । सो शाखाको खपत बिद्युतको कुल मात्रा मध्ये सय कडा ४० प्रतिसत बिधुत चुहावट हुने गरेको छ । चुहावट रोक्नको लागि प्रधिकरणले विभिन्न उपायहरु अपनाउदै आएको भए पनि उपभोक्ताले अटेर गर्ने गरेको कारण चुहावटमा कमि नआएकोे झापाको बुलुचोक स्थित प्रधिकरणको उप-केन्द्रका प्राविधिक उमेश प्रसाद सिंह बताउछन् ।

No comments:

Post a Comment

प्रतिक्रिया दिन चाहने पाठकहरुलाई जरुरी सूचना...
- यहांहरुले प्रतिक्रिया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला।
- असभ्य र आपत्तिजनक शव्दहरु प्रयोग गरिएको प्रतिक्रियालाई स्थान दिइने छैन।