Friday, October 17, 2008

सेवाकेन्द्र पुनस्थापना नहुदा कृषक मारमा

कृषकको सुविधाको लागी स्थापना गरिएका कृषी सेवाकेन्द्रहरु हटाइएको वर्षौ बिति सक्दा सम्म पनि पुन स्थापना नहुदा स्थानिय कृषकहरु मारमा परेका छन ।
द्धन्दको कारण देखाउदै २०५९ सालमा हटाइएका झापाका सेवाकेन्द्रहरु हाल सम्म पुन स्थापना गरिएको छैन । जसका कारण यस क्षेत्रका किसाहरु सो सेवालिन बाट बन्चित भएका छन । जिल्लामा ६ वटा सेवाकेन्द्र र १७ वटा उप केन्द्रहरु सञ्चालित थिए । जस मध्ये धरमपुर र तोपगाछी गाविसमा रहेका केन्द्रहरु हाल सम्म पनि पुन स्थापना गरिएको छैन । यी सेवा केन्द्रहरु मार्फ सन्चालन गरिएका तोपगाछीका ३२ र धरमपुरका १६ वटा कृषक समुहरु अन्योल अवस्थामा रहेका छन । केन्द्र हटाइएपछि कार्यालय रहेका भवन समेत जिर्ण्र्ाान्दै गएका छन । तोपगाछी गाविसमा गठीत जनकल्याण कृषक समुहका को कोषध्यक्ष याम प्रसाद लावतीका अनुसार केन्द्र पुनस्थापना नहुदा कृषक समुहका कामकाज समेत ठप्प भएका छन । समुहमा आवद्ध सदस्यहरुको दैनिक बचत संकलन देखि लिएर बालीनाली तथा पशु पालन सम्बन्धी सल्ला सुझावहरु पाउन सकेका छैनन् । प्रविधिकहरुको सुझाव सजिलै पाउन नसक्दा जानी नजानी जथाभावी रुपमा बिसादी प्रयो गर्ने गरेको छ । बिसादीको प्रयोग उचित किसिमले हुन नसक्दा माटोको उत्पादन क्षमता घट्दै गएको नमुना कृषक समुहका उपाध्यक्ष युवराज अधिकारी बताउनु हुन्छ ।
सरकारले २०३५ सालदेखि कृषकहरुलाई व्यावसायीक कृषी खेती प्रति आकषीत गराउने उदेश्यले सेवाकेन्द्रहरु सञ्चालन गरेको थियो । जिल्ला कृषी बिकास कार्यालय झापाका बाली बिज्ञान अधिकृत राजेन्द्र खरेलले दिएको जानकारी अनुसार सरकारको नयाँ कार्यक्रम अनुसार सेवा केनद्रहरु पुन स्थापना गर्ने योजना रहेको छैन । सरकारले तराइका जिल्लाहरुमा ४ र पहाडमा जिल्लाहरुमा ६ वटामात्र सेवाकेन्द्र सञ्चालन गर्ने गोजना अघि सारेको छ । हटाइएका उप-केन्द्रहरुमा पनि कृषकको मागलाइ मध्यनजर गर्दैरुपमा १ जना नायव प्रविधिक सहितको सर्म्पर्क केन्द्र सञ्चालन गरिरहेका जानकारी गराइएको छ । केन्द्रहरु मार्फ झापामा ६५० भन्दा बढी कृषक समुहरु गठन गरीएका छन ।

No comments:

Post a Comment

प्रतिक्रिया दिन चाहने पाठकहरुलाई जरुरी सूचना...
- यहांहरुले प्रतिक्रिया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला।
- असभ्य र आपत्तिजनक शव्दहरु प्रयोग गरिएको प्रतिक्रियालाई स्थान दिइने छैन।