मायामितु न्यौपाने
आदिवासी समुदायका सन्थालहरुको सन्थाल नृत्य जोगाई उनीहरुको साँस्कृतिक पहिचान दुरुस्त राख्न तोपगाछी स्थित समयगढ मन्दिर तथा बजार व्यवस्थापन समितिले जमर्को गरिरहेको छ । "यो सन्थालहरुको ऐतिहासिक थलो भएकाले उनीहरुको पहिचान सँगै हाम्रो पहिचान जोडिएको छ । 

त्यसैले पनि हामीले यस्तो संस्कृति संरक्षणमा जोड दिएका हौं ।"समितिका अध्यक्ष टिका अधिकारी भन्नुहुन्छ । सो समिति मार्फ गैर सन्थालहरुकै पहलमा ०६० सालदेखि समयगढ चोकमा सामुहिक सन्थाल नृत्य प्रतियोगिता आयोजना हुँदै आएको छ ।
सन्थालहरुको मुख्य थलो झापा र मोरङको दक्षिणी क्षेत्र हो । त्यस मध्ये पनि झापाको तोपगाछीमा उनीहरुको सबैभन्दा बढी १५ वटा बस्ती छन् । विस १९७२ सालदेखि सन्थालहरु समयगढ क्षेत्रमा भेला भई आफ्नो मौलिक नृत्य प्रस्तुत गर्दै आएका थिए । सोझा र शिक्षाबाट टाढा रहेका उनीहरुले केही समयपछि देखि त्यहाँ आफ्नो प्रस्तुतीलाई निरन्तरता दिन सकेनन् ।
उनीहरुको संस्कृती लोप हुने अवस्थामा पुगेकाले युवाहरुको समेत सहकार्यमा ५ वर्षयतादेखि सांस्कृतिक पुनर्उत्थानमा पहल भइरहेको स्थानीय युवा केदार घिमिरे बताउनुहुन्छ । समितिले सन्थाल नृत्य प्रतियोगिता आयोजना गरी उनीहरुलाई पुरस्कृत गर्दै हौसला दिदैं आएको छ । "हामी उनीहरुलाई नगद पुरस्कार दिन्छौं र त्यो रकमले उनीहरुले आफ्नो समूहमा संस्कृति जोगाउने कार्यका लागि खर्च गर्छन । उनीहरु अहिले उत्साह जनक रुपमा संस्कृति जोगाउन सहभागी हुँदै आएका छन् ।" उहाँ भन्नुहुन्छ ।
सन्थालहरु विशेष गरी दशै र तिहारमा आफ्ना सांस्कृतिक भेषभुषा र गरगहनाका साथ नृत्य प्रस्तुत गर्दै दशाए र हुक्का हुक्की पर्व मनाउने गर्दछन् । सन्थाल संस्कृति संरक्षणका खातिर समयगढको समितिले मात्र हैन लखनुपुर स्थित सगुन युवा क्लब, जुरोपानी स्थित ग्वालडुब्बा बजार व्यवस्थापन समिति र जुरोपानी काठमाडौं सम्पर्क मञ्चले पनि भव्य रुपमा सन्थाल नृत्य प्रतियोगीता सम्पन्न गरेका छन् । ती समिति पनि गैर सन्थालहरु मात्र सम्मलित समिति हुन् । "हामी गैर सन्थाल नै उनीहरुको संस्कृति संरक्षणमा लाग्नु उनीहरुको पनि आवश्यकता हो ।"जुरोपानी काठमाडौं सर्म्पर्क मञ्चका सरोज घिमिरेले भन्नुभयो ।
गैर सन्थालहरुले चासो देखाएपछि सन्थाल संस्कृती संरक्षणमा ठूलो टेवा पुगेको महसुस भएको छ सन्थाल समाजका प्रधान मुर्मूलाई । मुर्मू भन्नुहुन्छ" अव सरकारले समेत हाम्रो संस्कृति संरक्षणमा विशेष कार्यक्रम ल्याउनु पर्यो ।"

No comments:
Post a Comment
प्रतिक्रिया दिन चाहने पाठकहरुलाई जरुरी सूचना...
- यहांहरुले प्रतिक्रिया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला।
- असभ्य र आपत्तिजनक शव्दहरु प्रयोग गरिएको प्रतिक्रियालाई स्थान दिइने छैन।