Thursday, October 23, 2008

टेम्पोको ठक्करबाट शरणर्थीको मृत्यु

दमकको बेलडागी स्थित ढुङ्गाना चौकमा टेम्पोको ठक्करबाट गए राती एक जना साइकलयात्रीको घट्ना स्थलमानै मृत्यू भएको छ भने एक महिला सक्त घाइते हुनु भएको छ ।
यसरी मृत्यू हुनेमा बेलडागी-२, सेक्टर डीको छाप्रा नं. १०३ का मानबहादुर तामाङ रहनु भएको छ । भने वहाँको श्रीमती सान्तादेवी तामाङ सक्त घाइते हुनु भएको छ । घाइतेको धरान स्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय दमकले जानकारी गराएको छ । बेलडागी बाट दमक तर्फआइरहेका मे.१ ह ४४ नम्बरको ट्याम्पोले विपरीत दिशा तर्फसाइकलमा गइरहेको अवस्थामा ठक्कर दिएको थियो । दर्ुघटना पछि ट्याम्पो चालक फरार रहेको प्रहरीले जनाएको छ ।

No comments:

Post a Comment

प्रतिक्रिया दिन चाहने पाठकहरुलाई जरुरी सूचना...
- यहांहरुले प्रतिक्रिया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला।
- असभ्य र आपत्तिजनक शव्दहरु प्रयोग गरिएको प्रतिक्रियालाई स्थान दिइने छैन।