Sunday, October 19, 2008

तिहारअघिनै परिवर्तनको आभास हुन्छः प्रधानमन्त्री


प्रधानमन्त्री प्रचण्डले तिहार अघिनै सरकारले नागरिकले परिवर्तनको अनुभव गर्ने गरी काम थाल्ने बताउनु भएको छ । बिहान नेपालगञ्जमा माओवादी निकटका वुद्धिजीविहरुसंगको छलफलमा प्रधानमन्त्रीले तिहार अघिनै सरकारले द्धन्द्धपीडित र शहिदका परिवारलाई राहत दिने तथा विभिन्न आयोग बनाउने र राजनीतिक नियुक्ति गरेरै भएपनि परिवर्तनको अनुभव गर्ने काम थालिने जानकारी दिनुभयो । उहाँले भन्नु भयोः तिहार अघिनै राजनीतिक नियुक्ति, कर्मचारीको सरुवा बढुवा र नागरिकले व्यवहारमा परिवर्तनको महसुस गर्ने काम थालिनेछ । प्रधानमन्त्रीले साउदी अरबको मक्का मदीनामा हज गर्न जाने मुसलमानहरुको भाडा घटाउने विषयमा आगामी मन्त्री परिषद् बैठकमा छलफल गर्ने बताउनु भयो । माओवादीका अध्यक्ष समेत रहेका प्रधानमन्त्रीले पार्टीमा पछिल्लो पटक देखिएको बहस विवाद नभई बहसनै भएकोले पार्टीलाइ त्यसले झनै मजबुद पार्ने बताउनु भयो । सुदुर पश्चिम महोत्सवको उद्घाटन र बाढी तथा डुबान पीडितको अवस्था बुझ्न दुइदिन अघि त्यस तर्फजानु भएका प्रधानमन्त्री हिजो हेलिकप्टर व्रि्रीएर आकस्मिक रुपमा नेपालगञ्ज अवतरण गर्नु परेको थियो । उहाँ आजै काठमान्डौ फर्कनुभयो ।

No comments:

Post a Comment

प्रतिक्रिया दिन चाहने पाठकहरुलाई जरुरी सूचना...
- यहांहरुले प्रतिक्रिया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला।
- असभ्य र आपत्तिजनक शव्दहरु प्रयोग गरिएको प्रतिक्रियालाई स्थान दिइने छैन।