Friday, October 17, 2008

पार्टी एकता गर्न हस्ताक्षर भइसक्योः प्रचण्ड

माओवादी अध्यक्ष प्रचण्डले एकताकेन्द्र मसालसंग पार्टी एकताका लागि हिजोनै सम्झौतामा हस्ताक्षर भइसकेको खुलासा गर्नुभएको छ । पार्टीको हार्डलाइनर समुहका कारण पार्टी एकता भाँडिएको भन्ने समाचारहरु आइरहँदा प्रधानमन्त्री समेत रहनुभएका प्रचण्डले एकताको अनुमोदन माओवादीको आसन्न महाधिवेशनमा मात्र हुने बताउनुभयो । उहाँले एकताका विषयमा पार्टीभित्र कुनै विवाद नरहेको स्पष्ट पार्नुभयो । पार्टीको नामा पछाडी पुच्छर हटाउनुपर्छ भनेर दुइवर्ष अगाडी आफुलेनै पार्टीमा प्रस्ताव गरेको जानकारी दिंदै प्रचण्डले त्यो कार्यन्वयन हुने बताउनुभयो । पार्टीका वरिष्ठ नेता डा बाबुराम भट्टराइले हालै अमेरिका भ्रमणका वेला पार्टीका पछाडी रहेको माओवादी शब्द हटाउने योजना रहेको वढाएपछि यसवारे चर्चा शुरु भएको छ । यसैवीच पार्टीभित्र हार्डलाइनर पक्षका नेता मानिने संगठन विभाग प्रमुख मोहन वैद्य किरणले पार्टीको नाम परिर्वतन गर्ने कुनै योजना नगरेको दावी गर्दै नाम फेर्नुपर्छ भन्नेसंग स्पष्टीकरण मागिने बताउनुभएको छ ।

No comments:

Post a Comment

प्रतिक्रिया दिन चाहने पाठकहरुलाई जरुरी सूचना...
- यहांहरुले प्रतिक्रिया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला।
- असभ्य र आपत्तिजनक शव्दहरु प्रयोग गरिएको प्रतिक्रियालाई स्थान दिइने छैन।