Sunday, October 5, 2008

दशै आयो गाडी आएन

दशै नजिकै आइसक्दा पनि दुधे कुञ्चिवारी सडक खण्डमा र्सार्वजानिक यातायात नचल्दा त्यस क्षेत्रका वासीन्दाहरुलाई समस्या भएको छ ।
त्यहाँका स्थायिन जनताहरुले दशै अघि नै सडक मर्मतको लागि सरोकारवालाहरुसंग बिन्ति गर्दा गरेका थिए । सो मागलाई संबन्धीत निकायायले चासो नदिएको कारण दशैमा टिका लगाउनजान, मेला बजारजान हिड्नै पर्ने वाध्यता बनेको छ त्यस क्षेत्रका वासीन्दाहरु । लगातार ३ महिना देखी यातायात पर्ुण्ारुपमा सञ्चालनमा आउन नसकेको कारण पाँचगाछी, शिबगञ्ज, महाभारा, कोरोबारी, लगायतका गाबिसमा यस्तो समस्या आएको हो,। त्यस क्षेत्रका बासीन्दाहरु लाई पर्ुव पश्चिम लोकमार्गसग जोडने दुधे - कुञ्जीबारी सडक दिगो मर्मतको अभाबमा जिर्ण्र्ाान्दै गएपछी यातयात सञ्चालनमा कठीनाई देखीएको हो । गएको वर्खामा परेको लागातारको झरीको असर अहिले पनी त्याहा र्छलङ्गै देख्न सकिन्छ । २१ किलोमिटर दुरीको सो सडक मध्ये दुधे क्याङ् डाँडा खण्डको ४ किमी सडक मात्र को पत्रे भएको छ । बाँकी १७ किमी मध्येपनी शिबगञ्ज दक्षीणको १२ किमी सडकमा बर्षोनी यातायातका साघन गुड्नै नसक्ने आबस्थामा पुग्ने गरेको छ । जसका कारण सो रुटमा चल्ने झण्डै आधादर्जन र्सार्वजानीक सवारीसाधन बषर्ा अबधी भरी थन्कीने गरेका छन् ।यो बर्षभने अझसम्म पानी पर्ने क्रम नरोकिएका कारण दशैको मुखमा पनी यातायात चलाउनै नसक्ने् अबस्था आएको यातायात मजदुर संघ दुधे कुञ्जीबारर्ीर् इकाईका अध्यक्ष शिब रेग्मी बताउनु हुन्छ । जोखीम मोलेर गाडी चलाउनु भन्दा नचलाउनुनै बेस ठान्ोर हामिले यातायात नचलाएको हो ।
सडक मर्म्र्ााा लागी स्थनिय सरकारको रुपामा रहेका गाबिस हरुले यस अधि प्रयास गर्दै नगरेका भने होईनन् । माहाभारा गाबिसका प्रविधिक कर्मचारी गोविन्द प्रसाद राजवशी सानो बजेटकाकारण दिगो मर्मत असम्धब भएकोले समस्या बर्सर्ेे आउने गरेको् बताउनुहुन्छ । पछिल्ल्ाो पटक माहाभारा गाविसले सडकको साम्ान्य मर्मत गरी तत्काल लाई यातायात चल्नसक्ने अबस्था बनाए पनी पाँचगाछी गाविसले आफ्नो क्षेत्रमा रहेका सडकका खाल्डाखुल्डी पर्ुर्ने सम्मको पहल नगरेको कारण दशैको मुखमा पनी यातायात चल्न नसकेको माहाभारा २ का होटल सञ्चालक केशब कार्की आरोप लगाउछन् । जिल्ला बिकास समिती झापाका स्थनिया बिकास आधीकारी गोपाल प्रसाद पराजुुली भने तत्काल यातायात सञ्चालन गर्नसक्नेसम्मको वातावरण बनाउन स्थानीय निकायलाई निर्देशन दिईसकेकेा बताउनुहुन्छ । आगामी चार वर्षभत्रमा एसीयाली विकास बैंकले बाटो पिच गर्ने सम्झौता भईसकेकेा जानकारी दिंदै वहाँले सोका लागि स्थानीय उपभोक्ताको सहयोग र र्समर्थन आवश्यक रहेको बताउनुभयो । वहाँका अनुसार एडीबीले सो सडकसहित झापाका अन्य चारवटा सडक कालोपत्रे गर्नेछ ।

No comments:

Post a Comment

प्रतिक्रिया दिन चाहने पाठकहरुलाई जरुरी सूचना...
- यहांहरुले प्रतिक्रिया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला।
- असभ्य र आपत्तिजनक शव्दहरु प्रयोग गरिएको प्रतिक्रियालाई स्थान दिइने छैन।