कामको खोजीमा भारतको मुर्म्बई हुँदै खाडी मुलुक जान लागेका नेपाली युवतीहरुलाई भारतको उत्तर प्रदेश प्रहरीले गोरखपुरमा बलात्कार र गैर कानुनी थुनामा राखेको बिरोधमा नेपाल-भारत सीमा नाका बेलहिया शनिवार एक घण्टा बन्द गरियो ।
युथ फोर्स र स्थानीय बासिन्दाहरुले बेलहिया नाकामा तगारो तेर्साएर भारतीय सुरक्षाकर्मीले नेपालीमाथि गरेको ज्यादतिको बिरोधमा नाका बन्द गरेका हुन् । बिहान ९.२० देखि १०.३० बजेसम्म भएको नाकाबन्दका क्रममा भारत नेपाल आवागमन पूर्ण रुपमा बन्द भएको थियो ।
युथ फोर्स र स्थानीय बासिन्दाले बलात्कारमा संलग्न भारतीय प्रहरीलाई कडा कारवाही गरि नेपालीमाथि हुँदै आएको शोषण दमनको अन्त्य हुनुपर्ने माग गरेका थिए ।
काठमाडौं निवासी पाँच महिलाहरु दुइ पुरुषका साथमा मुर्म्बई जानेक्रममा गत सोमबार गोरखपुर रेल वे स्टेशनमा खटिएका भारतीय प्रहरीले चेकजाँचका नाममा नजिकैको होटलमा लगेर बलात्कार गरेको सार्वजनिक भएको छ ।
रेल वे स्टेशन नजिक रहेको मल्लिका होटलमा ती महिलामध्ये दुइ जनालाई पाँच प्रहरी जवानले बलात्कार गरेको र तीन दिनसम्म होटलमा थुनेर उल्टै रकम माग गरेको समेत बताइएको छ ।

No comments:
Post a Comment
प्रतिक्रिया दिन चाहने पाठकहरुलाई जरुरी सूचना...
- यहांहरुले प्रतिक्रिया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला।
- असभ्य र आपत्तिजनक शव्दहरु प्रयोग गरिएको प्रतिक्रियालाई स्थान दिइने छैन।