Sunday, November 2, 2008

आइतवार साहित्य-सृजना

प्रेम कथा
-सेसेहाङ् फियाक लिम्बू
संसारले अनुमती नदिएको
हाम्रो प्रेम कथा
अब कुन साहित्यकारलाई लेख्न लाउँ
अनि कुन साहित्यकारलाई पढ्न दिउँ -

यो जुनीमा संयोग र वियोगले
अन्तर आत्मा घाउर् भै सकेको
हाम्रो प्रेम कथा
कुन डाक्टरलाई चिरफार गर्न लाउँ
अनि कुन शैयामा राखेर जलाउँ -
आँखाले हर्ेदा-हर्ेर्दै
हराएर गए पनि खोज्न नमिल्ने
हाम्रो प्रेम कथा
कुन जुनीको इतिहास बनाऔं -

हो,
भन्ने गर्र्छौ तिमी सधैं
चाहेर पनि पाउन नसकिने
हो, सधैं भन्ने गर्र्छौ तिमी
लाखौं मूल्य तिरेर पनि पाउन नसकिने
यो छातीभित्र सुटुकै आएर बसे पनि
छाती चिरी देखाउनु नै नमिल्ने
साँचो अर्थमा जिन्दगीलाई बन्धक राखेर नि
हाँसो र रोदनामा बाँध्न नसकिने
हाम्रो प्रेम कथा
अब साँच्ची कथा मात्र बन्यो
अब कसैलेे पढ्न नहुने कथा मात्र बन्यो ।

हाम्रो प्रेम कथा
अब कसैले लेख्दैनन् भनेर नै हो
अर्को जुनीको चर्चा गरिरहन्छौ
हाम्रो प्रेम कथा
अब कसैले पढ्दैनन् नै भनेर
यो संसारमा विर्सि जाने कुरा गर्र्छौ
हाम्रो प्रेम कथा
वास्तविक धर्तीमा पोखिंदैन भनेर
तिमी दिन रात आँशु झारिरहन्छौ
खोइ-
के उत्तर दिउँ तिमीलाई आज
कथा कहाँबाट शुरु भयो
अनि हाम्रो प्रेम कथा बन्यो
भन्नै सक्दिन कुनै दिन या आज ।

दिन र रातले छोपिएको
हाम्रो प्रेम कथा
यही धर्तीमाथि बाँचेको छ
यही दर्ुइ आत्मामा साँचिएको छ

तेत्तिसकोटी देवी देवता नाग नागेनीले
अनुमती नदिएको हाम्रो प्रेम कथा
पञ्च भलादमीले अनुमोदन नगरेको्
अवैधानिक हाम्रो प्रेम कथार्
र्सवमान्य चित्तामा जलाएर
धुँवामा विलाई दिउँ भन्ने लाग्छ
बहिरहेको आँशुमा डुबाएर
बगाइदिऔं जस्तो लाग्छ ।

त्यसो गर्दा
जसो तसो प्रेम कथा त
हराइृ जाला
तर
कथाको जन्म हुँदा
तिमीबाट व्यक्त गरिएका शव्दहरु
मेरो मुटुमा खिलिएका छन्
हजुरको आत्मामा गाडिएका छन्
भनौं
अब हामी यसरी कति दिन बाँब्च्ने
हाम्रो प्रेम कथा कस्तो हुने -
अघोषित प्रेम आत्मा कहाा पुग्ने -
अवैधानिक हाम्रो प्रेम जोडी
कुन गन्तव्यको मैदानमा पुग्ने -
यस्तै-यस्ता त्रि्रा शव्दहरु
कलियुगको कुन डंगुरमा थन्क्याउँ -
समय नाजवाफ,युग नाजवाफ
हाम्रो प्रेम कथा नाजवाफ
कसैको जवाफ छैन धर्तीमाथि

त्यो हाम्रो प्रेम कथाको डायरीमा
आज भोलि त्रि्रो तस्विर कोर्दैछु
काम्रो प्रेम कथाको पाना-पानामा
त्रि्रो आँशु हाँसो भर्दैछु
हाम्रो प्रेम कथाको सिंगो ठेलीलाई
त्रि्रो र मेरो प्रेम कहानी बनाउँदैछु
शायद,
आजको वास्तविक संसारले अनुमोदन नगरेपनि
अर्को जुनीमा हामी नै प्रेम कथाका पात्र हुनेछौं ।

-२०६५-६-८, इलाम





No comments:

Post a Comment

प्रतिक्रिया दिन चाहने पाठकहरुलाई जरुरी सूचना...
- यहांहरुले प्रतिक्रिया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला।
- असभ्य र आपत्तिजनक शव्दहरु प्रयोग गरिएको प्रतिक्रियालाई स्थान दिइने छैन।