चरम गरिबीका कारण घरमा खाने-लगाउने व्यवस्था गर्न नसकेपछि कञ्चनपुर जिल्ला झालारी गाविस वडा नं.७ मुक्त कमैया बस्तीका ६६ वर्षीय एक व्यक्तिले आज बिहान आत्महत्या छन्. ।
खान-लगाउनका लागि घरपरिवारका व्यक्तिले माग गर्न थालेपछि शारीरिक अस्वस्थता र गरिबीका कारण स्रोत जुटाउन अर्समर्थ भएपछि बन्धु रानाले आत्महत्या गरेको बताइएको छ ।
उनका १० वर्षमुनिका दुइ छोरा छन् भने गरिबीकै कारण ४० वर्षीय श्रीमती रामकली रानाले गत वर्ष विषसेवन गरी आत्महत्या गरेकी थिइन् ।
उनले आज बिहान नौ बजे घरभित्रै झुण्डिएर आत्महत्या गरेको इलाका प्रहरी कार्यालय, झलारीले जानकारी दिएको छ ।
मृतकको दाहसंस्कार गर्न प्रहरीको पहलमा झलारी बजारका व्यापारी र छिमेकीबाट सङ्कलित रु.एक हजार दुइ सय मृतकका परिवारलाई दिइएको जनाइएको छ ।
Monday, November 3, 2008
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment
प्रतिक्रिया दिन चाहने पाठकहरुलाई जरुरी सूचना...
- यहांहरुले प्रतिक्रिया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला।
- असभ्य र आपत्तिजनक शव्दहरु प्रयोग गरिएको प्रतिक्रियालाई स्थान दिइने छैन।