Monday, November 10, 2008

आगोलागी

झापा दमक १३ स्थित पाथिभरा होटलमा सोमवार आगलागि हुदाँ एकलाख मोल बरावरको धनमाल जलेर नष्ट भएको छ ।नजिकै रहेको मोटरर्साईकल ग्यारेजमा बटुवाले चुरोट खान आगो सल्काउने क्रममा मोटरर्साईकलबाट आगो उठेको प्रहरीले जनाएको छ ।आगालागिबाट होटलको फ्रिज, डिभडी प्लेयर, लत्ताकपडा, खाद्यवस्तु लगायत समाग्री जल्दा एकलाख रुपैयाँ बरावरको क्षति भएको होटलका संचालक राजन दंगालले बताए ।अपरान्ह एक बजे शुरु भएको आगो दमक बारुणयन्त्रको दमकलले आधाघण्टा पछि नियन्त्रणमा लिएको थियो ।

No comments:

Post a Comment

प्रतिक्रिया दिन चाहने पाठकहरुलाई जरुरी सूचना...
- यहांहरुले प्रतिक्रिया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला।
- असभ्य र आपत्तिजनक शव्दहरु प्रयोग गरिएको प्रतिक्रियालाई स्थान दिइने छैन।