Thursday, November 20, 2008

मजदुर र प्रा.ली बिच बार्ताको तयारी

दमक लगायत अन्य ठाउहरुमा आन्दोलनरत सेक्यूरेटी मजदुरहरुले ग्रपफोर फाल्क नेपाल प्रा.लि.ले वार्ताको लागी आवाहान गरेको छ ।
प्रा.ली.को काठमाण्डौ स्थित कार्यालयका निर्देशकले बिहिबार आन्दोलनरत संगठन अखिल नेपाल सेक्यूरेटी मजदुर संघ जिल्ल्ाा समिति झापालाइ एक पत्र पर्ठाई त्यस्तो आवाहान गरेका हुन । पत्रमा यस अघि भएका सम्झौताहरुको स्मरण गर्दै प्रा.ली. संग संम्बद्ध मागहरुका संम्बन्धमा छलफल गर्न प्रतिनिधि पठाउन भनिएको छ । यता आन्दोलनकारीहरुले सो आवाहानलाई मध्यनजर गर्दै बिहिबार देखि गर्ने भनिएका सबै आन्दोलनका कार्यक्रमहरु तत्काललाई फिर्ता लिने निर्ण्र्ाागरेका छन । मजदुरहरुको बिहिबार भएको भेलाले आउदो मंसिर २० गते भित्र संम्बन्धित पक्ष संग वार्ता गर्ने संगठनका जिल्ल्ाा कोषाध्यक्ष सुरेश लावती समेतको टोलीलाईं काठमाण्ठौ पठाउने निर्ण्र्ाासमेत गरिएको संगठनका दमक नगर कोषाध्यक्ष इच्छा गुरुङले जानकारी दिनु भएको थियो ।
मजदुरहरु सेवासुविधा बृद्धि, बिमाको ग्यारेन्टी स्सवास्थ्य सेवा लगायतका १० सुत्रिय माग राख्दै गएको असोज देखि आन्दोलन गरिरहेका छन ।

No comments:

Post a Comment

प्रतिक्रिया दिन चाहने पाठकहरुलाई जरुरी सूचना...
- यहांहरुले प्रतिक्रिया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला।
- असभ्य र आपत्तिजनक शव्दहरु प्रयोग गरिएको प्रतिक्रियालाई स्थान दिइने छैन।