जर्मनी अनदान सहयोगमा निर्माण भैरहेको मध्यमर्स्याङदी जलविद्युत परियोजनाको पावर हाउसमा नक्कली उपकरणहरू प्रयोगमा ल्याइएका कारण परियोजनामा समस्या बढ्न थालेका छन्।
पावर हाउसमा भारतबाट खरीद गरिएको पुरानो 'स्पयेर पाटपूर्जा' प्रयोगमा ल्याइएको छ भने पावर हाउस बाहिर गेट खोल्ने आउट लाइनको क्रेन पनि पुरानो र विग्रकोभन्दै परियोजनाका प्राविधिकहरूले व्यवस्थापनलाई सचेत गराएका छन्। त्यस्तै पावर हाउस भित्रको क्रेन पनि विग्रेको र खिया लागेको अवस्थामा छ। प्राविधिकहरूका अनुसार दुवै क्रेन पहिला सिंचाइमा प्रयोग भैसकेको हो। सम्झौता अनुसार सबै स्पेयर सामानहरू जर्मनीको हुनुपर्नेमा ठेकेदार र व्यवस्थापन पक्षले कमिशनको खेलका कारण ती सामानहरू भारतबाट खरीद गरी ४ करोड भन्दा बढी भ्रष्टाचार गरिएको छ। 

मध्यमर्स्याङदी परियोजनाको टेण्डरमा नै नभएको वाइपास टनेल निर्माण गर्दा ४६ करोड रकम थप खर्च भएको छ। उक्त टनेल मापन गर्दा ९९.४३ मिटर देखिए पनि १ सय १० मिटर लामो नक्कली प्रतिवेदन तयार पारी भ्रष्ट समूहले करोडौं भ्रष्टाचार गरेको परियोजना सूत्रको दावी छ। परियोजनामा अनियमित तरिकाले उपकरण खरीद गर्दा ३८ लाख मूल्य बराबरका सामानहरू स्टोरमा बेवारिसे अवस्थामा रहेका छन्। ती सामानहरू बजार भाउ भन्दा तेव्वर बढी मूल्यमा खरीद गरिएको सूत्रको भनाई छ। स्टोरमा राखिएका कम्प्यूटर, फ्रिज, कार्पेट, टिभी, वासिङ मेसिन, सोफा सेट जस्ता सामानहरू भनेप्रशासन प्रमुख लोकेन्द्र थापा, वच्चु पौडेल, गोसाइ केसी, लोकप्रसाद नेपाल, किशोर तिवारी, सुरेश श्रेष्ठ, गणेश वाग्लेलगायतका कर्मचारीहरूले घरघरमा पुर्याइसकेको सूत्रको दावी छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले परियोजनामा भ्रष्टाचार भएको भन्दै कर्मचारीहरूसँग धमाधम वयान लिइरहेको बेला भ्रष्ट कर्मचारीहरूले भने लाज र डरै नमानी लाखौं मूल्यका सामानहरू आ–आफ्नो घर लगेका छन्। लेखा प्रमख बच्चु पाण्डे र स्टोर प्रमख राजन राज विष्टले अख्तियारलाई मिलाएर सबै सामानहरू भागवण्डा गरेको बताउँदै हिडेका छन्। विष्ट २१ करोडको कवाडी सामानको भ्रष्टाचार प्रकरणमा पनि मुछिएका भ्रष्ट व्यक्ति हुन्। परियोजनाको गाडीलाई प्राइभेट बनाई वा ५ च ४३११ नम्बरको पीक अफ गाडी व्यापक मात्र दुरुपयोग भएको छ। आठ तहबाट हुँदै १० तहमा बढ्वा हुँदा पनि एकै ठाउँमा बसेर ब्रम्हलुट मच्चाएकी गोसाइ केसीले छर छिमेक कार्यक्रम संचालन गर्ने नाममा गाडी दुरुपयोग गर्दै करोडौं भ्रष्टाचार गरेकी छन्। छर छिमेकी कार्यक्रम सकिएपछि पनि घर भाडा तिर्ने नाममा केसीले मासिक २५ हजार कमिशन बुझ्ने गरेको स्वयं लोकेन्द्र थापाले बताउने गरेका छन्। पाकिस्तानले सहयोग गरेको छर छिमेक कार्यक्रममा केसीले दैनिक एक हजार भत्ता खाने गर्दा थापा गोसाइ विरुद्ध लागेका हुन्।
No comments:
Post a Comment
प्रतिक्रिया दिन चाहने पाठकहरुलाई जरुरी सूचना...
- यहांहरुले प्रतिक्रिया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला।
- असभ्य र आपत्तिजनक शव्दहरु प्रयोग गरिएको प्रतिक्रियालाई स्थान दिइने छैन।