Friday, November 21, 2008

कर्मचारीलाई सम्मान

कर्मचारीहरुको उच्च मूल्याङ्कन गर्दै झापाको दमकमा अवस्थित नवदर्ुगा सहकारी संस्थाले एक महिला सहित ५ जनालाई सम्मान गरेको छ ।
गत कातिक २८ गते सहकारीमा डकैत गर्न आएका अभियुक्तहरुलाई प्रतिकार गरि पक्राउ गर्न सफल धनकुमारी पौडेल, नीलम पौडेल, जयराम पौडेल, पर्शुराम लामिछाने र प्रकाश चन्द्र दाहाललाई ५/५ हजार नगद सहित दोसल्ला आढाएर सम्मान गरिएको थियो ।
संस्थाको अध्यक्ष प्रेम प्रसाद कोएरालाको अध्यक्षतामा सम्पन्न सम्मान कार्यक्रममा प्रमुख अतिथि जिल्ला सहकारी संस्थाका अध्यक्ष गणेश बस्नेत, कञ्चनजंगा सहकारी संस्थाका अध्यक्ष हाम बहादुर थापा, पत्रकार महासंघ झापाका उपाध्यक्ष बिष्णु सुब्बा लगायतले बोल्नु भएको थियो ।

No comments:

Post a Comment

प्रतिक्रिया दिन चाहने पाठकहरुलाई जरुरी सूचना...
- यहांहरुले प्रतिक्रिया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला।
- असभ्य र आपत्तिजनक शव्दहरु प्रयोग गरिएको प्रतिक्रियालाई स्थान दिइने छैन।