शरणर्थी समस्या समाधानको लागी तेस्रो मुलुक पुनरवास कार्यक्रम अगाडी बढाइए पनि स्वदे फिर्ती आन्दोलनमा भुटार्नी शरणथी ब्यस्त छन ।प्रजातन्त्र र मानवअधीकारको निम्ति आवाज गठाइरहदा तत्कालीन भुटानी सासकद्धारा विखण्डनकारीको विल्ला भिराएर भुटानबाट लखेटीएपछी बिगत १८ वर्षदेखि नेपालको झापा र मोरङमा दुःखद शरणर्थी जीवन यापन गर्दै आएका शरणर्थीहरुले विगत देखि हाल सम्म विभिन्न प्रकारको स्वदेश फिर्ती आन्दोलनहरुमा सहभागी बनिरहे थिए । स्वदेश फिर्ती आन्दोलन गरिरहदा शरणर्थी समस्यको समाधानको रुपमा ल्याइएको तेस्रोमुलुक पुनरवास कार्यक्रमले भने केही समय ढुलमुल स्थिती सृजना गराएको थियो । तर करिव ७ हजारको हारहारीमा तेस्रोमुलुक पुनरवास भइसक्दा सम्म पनि केही समुहरु स्वदेश फिर्ती आन्दोलनमा नै सरिक रहेको अवस्था छ । आन्दोलनको क्रममा भारतले स्वदेश फर्कन नदिने सडगन्त्र गरिरहेका भन्दै भारतीय विशेद मन्त्री प्रणव मुखर्जी नेपाल भ्रमरणमा रहेको अवसर पारेर स्वदेश फिर्तीको वातावरण सहज बनाइदिन आग्रह गर्दै भुटानी शरणर्थीहरुले मंगलबार झापा र मोरङमा रहेका शिविरहरुमा धर्ना दिएका छन । बेलडागी शरणर्थी शिविरमा भएको धर्नामा सहभागी वृद्ध शरणर्थी भोगीरथ लिम्बू भन्नुहन्छ हामी आफ्नो अधिकार खोज्दा लखेटिएका हौ त्यसैले हामी आफ्नो जन्मभुमी भुटान नै जान चाहान्छौ । वहाँ जोसिलो चेहेरामा भन्नुहुन्छ स्वदेश फिर्तीको लागी हामी जस्तोसुकै कदम चालन पनि तयारी छौ तर हामि अव अरुको देश कुनै हालतमा जाने छैनौ ।
Tuesday, November 25, 2008
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment
प्रतिक्रिया दिन चाहने पाठकहरुलाई जरुरी सूचना...
- यहांहरुले प्रतिक्रिया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला।
- असभ्य र आपत्तिजनक शव्दहरु प्रयोग गरिएको प्रतिक्रियालाई स्थान दिइने छैन।