Thursday, November 20, 2008

लोक गायक राम थापा रहेनन्

चर्चित लोकगायक एवं संगीतकार राम थापा ४९ वर्षको विहीबार विहान करिब दुइ बजे निधन भएको छ ।
कलेजो रोगबाट पीडित थापाको राजधानीको नर्भिक अस्पतालमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।
गीतकार तथा संगीतकार राम थापा रेडियो नेपाल कार्यरत हुनुहुन्थ्यो ।
कति बस्छौ माइतीकै कौसीमा, कटर कटरमा, सेरोफेरो सलाम छ मेरो.., जस्ता दर्जनौं गीत गाउनुभएका र जर्दर्जनौ गीतमा संगीत दिनुभएका थापा नेपालको लोकगायक क्षेत्रका हस्तीका रुपमा चिनिनुहुन्थ्यो । उहाँले ऋतुहरुमा तिमी हरियाली हौ..., तिमी त्यसै लजायौ म त्यसै झकाएँमा जस्ता दर्जनौ गीतहरुमा संगीत दिनुभएका थापाको विहीबार दिउँसो पशुपतिस्थित आर्यघाटमा अन्त्येष्टी गरिदैछ ।
काठमाडौं कमलपोखरीमा जन्मी राजधानी बाहिरी जिल्लामा हुर्किएका थापा लोक गायकका हस्ती मानिनुहुन्थ्यो ।

No comments:

Post a Comment

प्रतिक्रिया दिन चाहने पाठकहरुलाई जरुरी सूचना...
- यहांहरुले प्रतिक्रिया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला।
- असभ्य र आपत्तिजनक शव्दहरु प्रयोग गरिएको प्रतिक्रियालाई स्थान दिइने छैन।